सत्तापक्षको प्राथमिकतामा विद्यालय शिक्षा विधेयक, संसदमा अघि बढाउने निर्णय

काठमाडौं/४ फागुन – सत्तापक्षीय प्रमुख सचेतकहरूको बैठकले संसदमा विद्यालय शिक्षा विधेयकलाई अघि बढाउने निर्णय गरेको छ ।आइतबार सिंहदरबारस्थित नेकपा एमालेको संसदीय दलको कार्यालयमा बसेको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमाले प्रमुख सचेतक महेश बर्तौलाले संसदमा विचाराधीन विद्यालय शिक्षा विधेयकलाई अगाडि बढाउने विषयमा छलफल भएको बताएका हुन् ।


उनले विद्यालय शिक्षा विधेयकलाई चालु अधिवेशनबाटै पारित गर्नेगरी अघि बढ्ने कुरामा सत्तापक्षको एकमत भएको जानकारी दिए । विद्यालय शिक्षा विधेयक अघि बढ्छ की बढ्दैन भन्ने आशय सबैको रहेको भन्दै महत्वपूर्ण देखिएका विधयेकहरूलाई निष्कर्षमा पु¥याउँने उनले बताए । दुबै संसदमा रहेका विचाराधीन विधेयकलाई अगाडि बढाउने र एउटाबाट पारित भई अर्कोमा पठाएका विधेयकहरू पनि निकासमा पु¥याइहाल्ने कुरामा छलफल गरेको जानकारी दिए ।


त्यस्तै नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले पनि विधेयकहरू छिटो पारित गरी कानुनी रूप दिने र छिटो पारित गर्ने प्रक्रिया अघि बढाउनेबारे छलफल भएको बताए । विधेयक पारित गर्ने सिलसिला अलिक सुस्त देखिएमा यसलाई कसरी तीव्रता दिने भन्नेमा छलफल गरेको उनले बताए ।


विद्यालय शिक्षा विधेयक र निजामति कर्मचारी विधेयकलाई बढी प्राथमिकता दिएको जानकारी दिए । साथै दुई विधेयक कुनै पनि हालतमा यो सदनबाट पास गर्नुपर्छ भन्ने निष्कर्षमा बैठक पुगेको उनको भनाई छ ।