काठमाडौं/११ माघ सरकारी विद्यालयहरूमा शौचालय सरसफाइ सम्बन्धी पब्लिक गुनासो आएपछि मापदण्ड कार्यान्वयन गराउन शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सबै शिक्षा विकास तथा समन्वय इकाइलाई निर्देशन दिएको छ । गुनासो प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, हेलो सरकार र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आएपछि सो निर्देशन दिएको हो ।
विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी कार्यविधि, २०७५ को अनुसूची १ बमोजिम विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छताका मापदण्ड सम्बन्धी व्यवस्था भए बमोजिम आ–आफ्नो जिल्लाका विद्यालयहरूमा स्थानीय तह मार्फत मापदण्ड कार्यान्वयन गर्न÷गराउन निर्देशन दिएको छ ।
“उपर्युक्त विषयमा सरकारी कार्यालय र सरकारी विद्यालयहरूमा शौचालय सरसफाइ सम्बन्धी पब्लिक गुनासो श्री प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, हेलो सरकार र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सिंहदरबार मार्फत आवश्यक कारबाहीको लागि यस केन्द्रमा प्राप्त भएको छ । सो सम्बन्धमा विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी कार्यविधि, २०७५ को अनुसूची १ बमोजिम विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छताका मापदण्ड सम्बन्धी व्यवस्था भए बमोजिम आ–आफ्नो जिल्लाका विद्यालयहरूमा स्थानीय तह मार्फत मापदण्ड कार्यान्वयन गर्न÷गराउन सहजीकरण गर्नु हुन निर्णयानुसार अनुरोध छ” पत्रमा भनिएको छ ।



