काठमाडौं विश्वविद्यालयको उपकुलपति पदमा दरखास्त आह्रवान

काठमाडौं/१९ पुस – उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित खोज तथा सिफारिस समितिले काठमाडौं विश्वविद्यालयका लागि रिक्त हुन गइरहेको उपकुलपति पदमा दरखास्त आह्रवान गरेको छ । समितिबाट पुस १६ मा स्वीकृत “काठमाडौं विश्वविद्यालयको उपकुलपति खोज तथा सिफारिस सम्बन्धी कार्यविधि, २०८१ “ बमोजिम दरखास्त आहृवान गरिएको हो ।


इच्छुक तथा योग्य व्यक्तिले ललितपुर जिल्ला, ललितपुर महानगरपालिका, बालकुमारी स्थित काठमाडौं विश्वविद्यालयको स्कूल अफ मेनेजमेन्टमा कार्यविधिको अनुसूची – १ मा उल्लेख गरिएको ढाँचा अनुसार आवेदन दिन सक्ने छन् ।


पुस २७ गतेभित्र कार्यालय समयमा (११ बजे देखि ४ बजेसम्म) दरखास्त पेश गर्न सकिने छ । कार्याविधि सम्बन्धी विस्तृत जानकारी काठमाडौं विश्वविद्यालयको वेवसाइट www.ku.edu.np मा उपलब्ध छ ।