एसईई परीक्षाको जिम्मा विद्यालयलाई दिँदा हुन्छ : शिक्षामन्त्री

काठमाडौं/१६ पुस – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले एसईई परीक्षा सञ्चालनको जिम्मा विद्यालयलाई दिँदा पनि केही फरक नपर्ने बताएकी छन् । केही दिन अगाडी विद्यालय अवलोकनमा विद्यार्थीहरूले एसईई नराख्दा हुँदैन भन्ने प्रश्नको जवाफमा सो कुरा बताएकी हुन् ।


उनले अहिले विद्यालय शिक्षा विधेयक समितिमा छलफल भईरहेको जानकारी दिँदै एसईई परीक्षा बोर्डले गर्ने वा विद्यालयलाई दिने भन्ने निर्णय ऐन आएपछि हुने बताउँदै एसईई राष्ट्रिय परीक्षा बोर्ड ले नै गर्नुपर्छ भन्ने पक्षमा आफू नरहेको बताइन ।


उनले भनिन् “मलाई के लाग्छ भने एसईई त्यति आवश्यक छैन भन्ने मान्छे हो म । तर, यही वर्ष हामीले अहिले नै रोक्न सक्दैनौँ, किन सक्दैनौ भने अहिले विद्यालय शिक्षा ऐन बनाउँदै छौँ, त्यो ऐनले निर्णय गर्छ । अहिले संसदमा छलफल भइरहेको छ त्यसपछि निर्णय हुन्छ । म शिक्षामन्त्री, मेरो विचारमा खास एसईई विद्यालयले गर्दा हुन्छ, राष्ट्रिय परीक्षा बोर्डले गर्नुपर्छ भन्ने पक्षमा म छैन । जसरी अन्य कक्षाका परीक्षा लिएका छौँ, त्यसैगरी विद्यालयलाई दिँदा हुन्छ ।”