काठमाडौं/१५ पुस – शिक्षकको पेन्सनपट्टा बनाईदिने भन्दै घुस लिएका शाखा अधिकृतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । राष्ट्रिय किताबखाना (शिक्षक) छाउनीमा कार्यरत शाखा अधिकृत धनेश्वर प्रसाई नियन्त्रणमा लिएको हो ।
प्रसाईले पेन्सनपट्टा बनाईदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन लाख रुपैया घुस लिइसकेको अवस्थामा उक्त रकमसहित कार्यकक्षबाटै आइतबार नियन्त्रणमा लिउको जनाउको छ ।
उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगको भनाई छ ।



