कुमोन शिक्षा कार्यक्रम अब नेपालमा

काठमाडौं/२७ मंसिर – विश्वव्यापी रूपमा मान्यता प्राप्त कुमोन शिक्षा कार्यक्रम नेपालमा आफ्नो आधिकारिक सुरुवात गरेको छ । काठमाडौंमा आज आयोजित सेमिनारमा शिक्षक, र शिक्षाविद्हरू भेला भएर कुमोन विधिले नेपाली शिक्षा प्रणालीमा ल्याउन सक्ने रूपान्तरणकारी प्रभावबारे छलफल गरियो । यो कार्यक्रमले विद्यार्थीहरूको मानसिक विकास, आईक्यू स्तरको वृद्धिसँगै आलोचनात्मक सोच र समस्या समाधान क्षमताको विकासमा योगदान पु¥याउने लक्ष्य राखेको छ । कार्यक्रममा विभिन्न निजि विद्यालयको ४० भन्दा बढी प्रिन्सिपलहरुको सहभागिता रहेको थियो ।


कार्यक्रमको सुरुमा जापानस्थित एनपीओ कलरबाथका अध्यक्ष योशिकावा युसुकेले शिक्षामा नवप्रवर्तनशील विधिहरूको महत्वमा जोड दिए । त्यस्तै गरी, जापानस्थित कुमोन मुख्यालयकी प्रतिनिधि मित्सुको शिमाजोइले कुमोन कार्यक्रमको विश्वव्यापी सफलताबारे जानकारी दिए । उनले १०% विश्वका विद्यार्थीहरूले कुमोन विधि प्रयोग गरिरहेको तथ्य प्रस्तुत गर्दै यो कार्यक्रम ६५ देशका २३,७०० केन्द्रहरूमा संचालित रहेको र हाल विश्वभर ४० लाख विद्यार्थीहरूले कुमोन विधि अपनाएको उल्लेख गरे ।


उनले भने, “कुमोन विधिले लाखौं बालबालिकाको मनोवैज्ञानिक विकासमा योगदान पु¥याउँदै उनीहरूलाई स्वतन्त्र रूपमा सिक्न र आलोचनात्मक सोच विकास गर्न प्रेरित गर्दै आएको छ ।“


कुमोन आईजीसी नेपालका अध्यक्ष गणेश मान लामाले आफ्नो प्रस्तुतीकरणमा कुमोनलाई विद्यार्थीको मानसिक प्रशिक्षण मा केन्द्रित कार्यक्रमको रूपमा वर्णन गरे, जसले शिक्षक प्रशिक्षण र परम्परागत शैक्षिक शिक्षण विधिलाई प्रतिस्थापन गर्दछ ।

उनले कुमोन विधि नेपाली विद्यार्थीहरूको आईक्यू स्तर विकास गर्न र आजीवन आवश्यक पर्ने सोच र सृजनात्मकता जस्ता सीपहरू प्रदान गर्न विशेष रूपमा तयार पारिएको बताए ।


“कुमोन विधिले विद्यार्थीहरूको मस्तिष्कलाई कुशल रूपमा प्रयोग गर्न सक्षम बनाउँछ र उनीहरूलाई आत्मविश्वास, समस्या समाधानकर्ता बनाउन प्रेरित गर्छ,“ लामाले भने । कार्यक्रममा एलआरआई स्कुलकी संस्थापक ट्रस्टी डा. यशोधरा पन्त र युनाइटेड एकेडेमीका प्रिन्सिपल मनोज बिस्वकर्माले पनि कुमोन कार्यक्रम अपनाएपछि आफ्ना विद्यार्थीहरूको व्यवहार र शैक्षिक क्षमतामा देखिएका सकारात्मक परिवर्तनहरूको बारेमा आफ्नो अनुभव प्रस्तुतु गरे ।


एन–प्याब्सनका अध्यक्ष सुवास न्यौपानेले सहभागी विद्यालयहरूको तर्फबाट आफ्नो विचार व्यक्त गर्दै शिक्षामा देखिएका चुनौतीहरूलाई सम्बोधन गर्न कुमोनजस्ता कार्यक्रमहरूको आवश्यकता रहेको बताए ।