काठमाडौं/२२ मंसिर – विविध कन्सल्ट्यान्ट्सले भक्तपुरको राधे राधेमा आफ्नो शाखा विस्तार गरेको छ । शुक्रवार उद्घाटन कार्यक्रमको आयोजना गर्दै उत्कृष्ट शैक्षिक परामर्श सेवाहरू प्रदान गर्ने उदेश्यले शाखा विस्तार गरेको जनाएको हो ।
नेपालको शैक्षिक परामर्श क्षेत्रको अग्रणी संस्थाका रूपमा विविध कन्सल्ट्यान्ट्सले २०१७ मा आफ्नो यात्रा सुरु गरेको थियो । विदेश अध्ययनका लागि इच्छुक विद्यार्थीहरूलाई मार्गनिर्देशन गर्ने उद्देश्यले स्थापना गरिएको यस संस्थालाई प्रबन्ध निर्देशक योगेन्द्र बिष्ट र कार्यकारी निर्देशक लक्ष्मण घिमिरेले नेतृत्व गर्दै आएका छन् ।संस्थाले गुणस्तरीय शैक्षिक सेवाको क्षेत्रमा सधैं नयाँ मानक स्थापित गर्दै आएको कार्यकारी निर्देशक लक्ष्मण घिमिरेले बताए ।
२०२१ देखि सञ्चालनमा रहेको राधे राधे शाखाले अब विद्यार्थीहरूको बदलिँदो आवश्यकताहरूलाई सम्बोधन गर्न सेवा विस्तार गरिएको घिमिरेले बताएका छन् । आईईएलटिएस र पिटिई तयारी कक्षाहरू र विदेश अध्ययनका लागि भिसा प्रक्रियाका साथै यस शाखाले अब स्याट, जिआरी तयारी कक्षाहरू सञ्चालनमा ल्याएको छ । साथै कोरियन र जापानी भाषा प्रशिक्षण र विद्यार्थीहरूलाई विश्वव्यापी अवसरका लागि तयार पार्ने अन्य कार्यक्रमहरू पनि सञ्चालन गरिएका छन् ।
कार्यक्रमको अवसरमा विविध कन्सल्ट्यान्ट्सले नेपाली विद्यार्थीहरूको शैक्षिक आकाङ्क्षालाई आकार दिनका लागि एक भरपर्दो साझेदारको रूपमा आफ्नो यात्रा निरन्तर जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ ।