ईप्सन अन्तर विद्यालय फुट्सल प्रतियोगिता सम्पन्न

भक्तपुर/२२ मंसिर – एडिफाई प्राइभेट स्कुल्स अर्गनाइजेशन नेपाल (ईप्सन) भक्तपुरको आयोजनमा अन्तर विद्यालय फुट्सल प्रतियोगिता मंसिर २० र २१ गते सम्पन्न भएको छ ।


ईप्सनमा आबद्ध १० सदस्य विद्यालयहरूबिच माध्यमिक र आधारभूत गरी दुई तहको छात्र फुट्सलमा माध्यमिक तह तर्फ प्रथम स्थान ग्लोबल एकेडेमी, द्वितीय स्थान मदरल्याण्ड स्कुल, तृतीय स्थान ईडेन गार्डेन र सान्त्वना स्थान विमल मेमोरियल स्कुलले प्राप्त गर्न सफल भएका छन् । साथै आधारभूत तह तर्फ ईडेन गार्डेन स्कुल प्रथम, पारिजात विद्याकुञ्ज द्वितीय, ग्लोबल एकेडेमी तृतीय र मदरल्याण्ड स्कुलले सान्त्वना स्थान प्राप्त गरेका छन् ।


फुटसल प्रतियोगिताको पुरस्कार एवं समापन कार्यक्रमका प्रमुख अतिथि जिल्ला खेलकुद समिति भक्तपुरका अध्यक्ष राजु थापाले सिल्ड, मेडल र प्रमाण पत्र वितरण गरेका थिए । प्रतियोगिताको माध्यमिक तह तर्फबाट उत्कृष्ट खेलाडी मदरल्याण्ड स्कुलको रिसन भण्डारी, सर्वाधिक गोलकर्ता मदरल्याण्ड स्कुलकै जयराम बिसी, उत्कृष्ट गोलकिपर ग्लोबल स्कुलका पूर्णिमा कार्की भएका थिए भने आधारभूत तह बाट उत्कृष्ट खेलाडी पारिजात विद्याकुञ्जको विवेक श्रेष्ठ, सर्वाधिक गोलकर्ता पारिजात विद्याकुञ्जको आशिस खड्का र उत्कृष्ट गोलकिपर ईडेन गार्डेनका विनय थापा हुन सफल भए ।