काठमाडौं/४ मंसिर – त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तह प्रथम सेमेष्टरमा भर्नाका लागि आवेदन माग गरेको छ । शैक्षिक वर्ष २०८१/०८२ का लागि मानविकी तथा सामाजिकशास्त्र संकाय, व्यवस्थापन संकाय, शिक्षाशास्त्र संकाय, कानुन संकाय, वन विज्ञान अध्ययन संस्थान, कृषि र पशु विज्ञान अध्ययन संस्थान, इन्जिनियरिङ्ग अध्ययन संस्थान र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका क्याम्पसहरूमा भर्नाका लागि आवेदन मागेको हो ।
भर्ना कार्यक्रमको विस्तृत :
१. आवेदन फाराम वितरण र बुझाउने : २०८१ मंसीर ५ गतेदेखि पौष ५ गतेसम्म ।
२. प्रवेश परीक्षा तथा भर्ना सम्बन्धी अन्य विस्तृत जानकारी सम्बन्धित डीनको कार्यालयले निर्धारण गरे अनुसार ।
३. कक्षा संचालन : २०८१ माघको पहिलो हप्तादेखि ।
४. विद्यार्थीले प्रवेश गर्न चाहेको प्रत्येक संकाय अध्ययन संस्थान र विषय अनुसार क्याम्पसमा बेग्लाबेग्लै आवेदन फाराम बुझाउनु पर्नेछ ।
५. आवेदन दिँदा फारामसँगै हालसालै खिचेको फोटो र ट्रान्सक्रिप्ट तथा चारित्रिक प्रमाणपत्रको प्रमाणित प्रतिलिपि बुझाउनु पर्नेछ ।
६. विस्तृत जानकारी सम्बन्धित डीन कार्यालयहरू र क्याम्पसबाट प्राप्त गर्न सकिनेछ ।
पुनश्च :प्रकाशित शैक्षिक तालिका अनुसार विद्यार्थी भर्ना, कक्षा संचालन र परीक्षा संचालन समेत गर्न÷गराउन सम्बन्धित निकायहरूलाई जानकारी गराउने ।
शिक्षाध्यक्ष



