हबको ‘आइरिस’ शैक्षिक मेला आज हुँदै

काठमाडौं/२९ कार्तिक – शैक्षिक परामर्श क्षेत्रमा विगत दुई दशकदेखि निरन्तर काम गरेर आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको हब इन्टरनेशनल एजुकेशनले नेपालमै पहिलोपटक ‘आइरिस एजकेशन फेयर–२०२४’ गर्ने भएको छ ।


स्थापनाकालदेखि नै आयरल्यान्डलाई प्राथमिकतामा राखेर काम गर्दै आइरहेको हबले आगामी कार्तिक २९ गते शैक्षिक मेला गर्ने भएको हो ।


उक्त शैक्षिक मेलामा आयरल्यान्डका प्रतिष्ठित शैक्षिक संस्थाका प्रतिनिधिहरूको सहभागीता रहने हबले जनाएको छ । विदेशबाट उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीलाई सही गन्तव्य छनोट गर्न मद्दत मिलोस् भन्ने उद्देश्यले शैक्षिक मेलाको आयोजना गरेका हब इन्टरनेशनल एजुकेशनका अध्यक्ष उद्धबबहादुर खड्काले जानकारी दिए ।


अध्यक्ष खड्काका अनुसार शैक्षिक मेलामा आयरल्यान्डका प्रतिष्ठित शैक्षिक संस्थाहरू– ट्रिनिटी कलेज डब्लिन, युनिभर्सिटी कलेज डब्लिन, युनिभर्सिटी कलेज कर्क, युनिभर्सिटी अफ गल्वे, नेशनल कलेज अफ आयरल्यान्ड, टेक्नोलोजिकल युनिभर्सिटी अफ श्यानन, डब्लिन बिजनेस स्कुल, ग्रिफिथ कलेजलगायत अन्य विश्वविद्यालयका प्रतिनिधिहरूले पनि सहभागीता जनाउने छन् । ती प्रतिनिधिहरूसँग मेलामा सहभागी भएका विद्यार्थीहरू आफ्ना जिज्ञासा पूरा गर्ने अवसर प्राप्त गर्ने छन् ।


नेपाली विद्यार्थीहरुको शैक्षिक गन्तव्यका लागि आयरल्यान्ड उपयुक्त देश भएपनि आवश्यक प्रचारप्रसार तथा बजारीकरण हुन नसकेका कारण अहिले पनि अन्य देशको तुलनामा थोरै विद्यार्थीहरू गइरहेका छन् । यसै कुरालाई उजागर गर्ने उद्देश्यले पनि हब इन्टरनेशनल एजुकेशनले शैक्षिक मेलाको आयोजना गर्न लागेको हो । हबले आयरल्यान्डलाई नेपाली विद्यार्थीको वैकल्पिक शैक्षिक गन्तव्यका रूपमा लिन सकिने जनाएको छ ।


एजुकेसन इन आयरल्यान्डको समर्थनमा हबले आयोजना गरेको शैक्षिक मेला आज कार्तिक २९ गते बिहान ११ बजेदेखि मध्याह्न ४ बजेसम्म हुने छ । उक्त शैक्षिक मेला हबको केन्द्रीय कार्यालय हात्तीसार (लक्ष्मी सनराइज बैंकको ठीक अगाडि)मा हुने हबले जनाएको छ ।


शैक्षिक मेलामा सहभागी हुन कुनै शुल्क नलाग्ने जानकारी पनि हबले गराएको छ । शैक्षिक मेलामा सहभागी विद्यार्थीले आयरल्यान्डका उत्कृष्ट विश्वविद्यालयका प्रतिनिधिसँग प्रत्यक्ष भेटेर घाट गर्ने अवसर प्राप्त गर्ने छन् भने विद्यार्थीले प्रतिनिधिहरूसँग भेटेर आयरल्यान्डको शैक्षिक प्रणाली, त्यहाँको शैक्षिक वातावरण, अध्ययनपछिका अवसर तथा चुनौतीका विषयमा वान टु वान वार्ता तथा छलफल गर्ने अवसर प्राप्त गर्ने छन् ।


त्यस्तै भर्ना, प्रक्रिया, पाठ्यक्रम, शुल्क र अध्ययनपछिका अवसरका बारेमा जान्न सकिने हबले जनाएको छ । हबको यो शैक्षिक मेलाको आइएलटिएस पार्टनरको रूपमा ब्रिटिस काउन्सिल रहेको छ । यस्तै, एजुकेसन इन आयरल्यान्डको पनि साथ रहेको छ ।


हबले विशेषगरी अष्ट्रेलिया, न्युजिल्याण्ड, आयरल्याण्ड, युके, अमेरिका, क्यानडा, भारतलगायत विश्वका विभिन्न देशमा अध्ययनका लागि जान चाहने नेपाली विद्यार्थीलाई परामर्श दिँदै आएको छ ।