काठमाडौं/५ कार्तिक – शिक्षक सेवा आयोग तयारीका लागि शिक्षकको बढुवा सम्बन्धी विषयगत प्रश्नोत्तरहरु (अडियो भिडियोसहित) दिइएको छ । यस सम्बन्धी अध्ययन गर्न चाहने शिक्षक सेवा आयोग, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुमा सेवा प्रवेश गर्न चाहने परीक्षार्थीका लागि तयार गरिएको हो ।
यस सामग्रीलाई विद्यार्थी शिक्षक लगायत सरोकारवाला सबैले अध्ययन र उपयोग गर्न सक्दछन् । साथै पाठ्यक्रम र नमूना विषयगत प्रश्नोत्तरका बारेमा अडियो र भिडियोका रुपमा प्रस्तुत गरिएको छ ।
विषयगत प्रश्नोत्तरहरु
तलका सबै प्रश्नहरु हल गर्नुहोस् ।
१. निर्देशन र परामर्शको महत्व के रहेको छ ? विद्यार्थीहरूको शैक्षिक, व्यावसायिक र व्यक्तिगत समस्याहरू समाधान गर्न निर्देशन र परामर्श कसरी उपयोगी हुन्छन् ? लेख्नुहोस् ।
२. विद्यालयमा प्रयोगशाला र पुस्तकालय व्यवस्थापनका चुनौतीहरू के के रहेका छन् ? त्यसको वर्तमान अवस्थालाई सुधार गर्नका लागि कस्ता रणनीतिहरू अपनाउन सकिन्छ ?
३. मानव वृद्धि र विकासको अवधारणाका बारेमा लेख्नुहोस् । यि दुईबीचको भिन्नता के रहेको छ ? यसले शिक्षण प्रक्रियामा पार्ने प्रभावको बारेमा उदाहरण सहित वर्णन गर्नुहोस् ।
४. बालमनोविज्ञान र सिकाइ प्रक्रियाको अन्तर सम्बन्ध विश्लेषण गर्नुहोस् । बाल विकासको सिद्धान्तलाई शैक्षिक प्रक्रियामा उपयोग गर्नका लागि कस्ता दृष्टिकोणहरूलाई ध्यानमा राखी शिक्षण प्रक्रिया अनुकूल बनाउनु पर्छ ?



