काठमाडौं/३ कार्तिक – शिक्षक सेवा आयोग तयारीका लागि शिक्षकको बढुवा सम्बन्धी विषयगत प्रश्नोत्तरहरु (अडियो भिडियोसहित) दिइएको छ । यस सम्बन्धी अध्ययन गर्न चाहने शिक्षक सेवा आयोग, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुमा सेवा प्रवेश गर्न चाहने परीक्षार्थीका लागि तयार गरिएको हो ।
यस सामग्रीलाई विद्यार्थी शिक्षक लगायत सरोकारवाला सबैले अध्ययन र उपयोग गर्न सक्दछन् । साथै पाठ्यक्रम र नमूना विषयगत प्रश्नोत्तरका बारेमा अडियो र भिडियोका रुपमा प्रस्तुत गरिएको छ ।
विषयगत प्रश्नोत्तरहरु
तलका सबै प्रश्नहरु हल गर्नुहोस् ।
१. सामाजिक माग, लागत प्रतिफल, जनशक्ति आवश्यकता प्रणाली र अवशिष्ट उपागम शैक्षिक योजनाका महत्वपूर्ण पक्ष हुन् । यी सबै उपागमहरूको विशेषताहरू र महत्वको व्याख्या गर्दै नेपालमा शैक्षिक योजनाका लागि कुन उपागमलाई उपयुक्त ठान्न सकिन्छ र किन ?
२. विद्यालय तहको शैक्षिक योजना तर्जुमा, कार्यान्वयन र अनुगमनका चरणहरूलाई विस्तारपूर्वक व्याख्या गर्नुहोस् । विद्यालयको समग्र शैक्षिक गुणस्तर सुधारका लागि यी चरणहरूको भूमिका के रहेको छ ?
३. शैक्षिक योजनामा सामाजिक न्याय र समताको अवधारणा कसरी समावेश गरिन्छ ? विद्यालय तहमा शिक्षा पहुँचको विस्तार र गुणस्तरमा सामाजिक न्याय र समता सुनिश्चित गर्नका लागि के–कस्ता नीतिगत सुधारहरू आवश्यक छन् ?
४. शैक्षिक सुशासनमा वडापत्र, विद्युतीय विद्यालय प्रशासन, विद्युतीय अभिलेखीकरण र एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणालीको भूमिका के हो ? यी प्रणालीहरूले विद्यालय तहमा पारदर्शिता, जवाफदेहिता र दक्षता बढाउन कसरी योगदान पु¥याउँछन् ?



