काठमाडौं/२१ असोज – शिक्षक सेवा आयोग तयारीका लागि शिक्षकको बढुवा सम्बन्धी विषयगत प्रश्नोत्तरहरु (अडियो भिडियोसहित) दिइएको छ । यस सम्बन्धी अध्ययन गर्न चाहने शिक्षक सेवा आयोग, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुमा सेवा प्रवेश गर्न चाहने परीक्षार्थीका लागि तयार गरिएको हो ।
यस सामग्रीलाई विद्यार्थी शिक्षक लगायत सरोकारवाला सबैले अध्ययन र उपयोग गर्न सक्दछन् । साथै पाठ्यक्रम र नमूना विषयगत प्रश्नोत्तरका बारेमा अडियो र भिडियोका रुपमा प्रस्तुत गरिएको छ ।
पाठ शिर्षक : शैक्षणिक प्रक्रिया
विषयगत प्रश्नोत्तरहरु
तलका सबै प्रश्नहरु हल गर्नुहोस् ।
१. शिक्षण विधिहरुको छनौटका आधारहरू के–के हुन् ? शिक्षक केन्द्रीत र विद्यार्थी केन्द्रीत शिक्षण विधिहरुको उपयुक्त प्रयोग कसरी गर्न सकिन्छ ?
२. बालकेन्द्रीत शिक्षण प्रक्रिया भनेको के हो ? यसको अवधारणा, विद्यमान अवस्था, समस्याहरू र यसको उपयुक्त प्रयोगका उपायहरूको चर्चा गर्नुहोस् ।
३. समालोचनात्मक चिन्तन ABC (Anticipation, Building knowledge and Consolidation) Framework भनेको के हो ? यसको शिक्षणमा प्रयोग कसरी गरिन्छ ? यसले सिकाइमा कस्तो प्रभाव पार्दछ ?
४. विद्यार्थीको सिकाइ उपलब्धि सुधार गर्नका लागि के–के तरिकाहरू अपनाउन सकिन्छ ? उपलब्धि सुधार गर्न शिक्षकले खेल्ने भूमिकाको चर्चा गर्नुहोस् ।



