काठमाडौं/३ असोज – शिक्षक सेवा आयोग तयारी शिक्षकको बढुवा सम्बन्धी विषयगत प्रश्नोत्तरहरु (अडियो भिडियोसहित) दिइएको छ ।
यस सम्बन्धी अध्ययन गर्न चाहने शिक्षक सेवा आयोग, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुमा सेवा प्रवेश गर्न चाहने परीक्षार्थीका लागि तयार गरिएको हो ।
यस सामग्रीलाई विद्यार्थी शिक्षक लगायत सरोकारवाला सबैले अध्ययन र उपयोग गर्न सक्दछन् । साथै पाठ्यक्रम र नमूना विषयगत प्रश्नोत्तरका बारेमा अडियो र भिडियोका रुपमा प्रस्तुत गरिएको छ ।
पाठ शिर्षक : विद्यालय समुदाय सम्बन्ध
विषयगत प्रश्नोत्तरहरु
तलका सबै प्रश्नहरु हल गर्नुहोस् ।
१. विद्यालयको विकासमा समुदायको सहभागिता कस्तो हुनुपर्छ ? समुदायको प्रभावकारी सहभागिता सुनिश्चित गर्न के कस्ता चुनौतीहरू रहेका छन् ? तिनीहरूको समाधान कसरी गर्न सकिन्छ ?
२. समुदायको विकासमा विद्यालयको भूमिका के कस्तो हुनुपर्छ ? समुदायको शैक्षिक, सामाजिक र आर्थिक पक्षलाई सुदृढ बनाउन विद्यालयले कसरी भूमिका खेल्न सक्नुपर्छ ?
३. स्थानीय तह, नगर/गाउँ शिक्षा समिति, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक सङ्घको भूमिकालाई प्रभावकारी बनाउन के गर्न सकिन्छ ? यी संयन्त्रहरूले कसरी विद्यालय र समुदायबीचको समन्वयलाई सुदृढ बनाउन सक्छन् ?
४. शैक्षिक विकासमा गैरसरकारी संस्था, सामुदायिक संस्था र नागरिक समाजले कसरी सहयोग गर्न सक्छन् ? शैक्षिक विकासमा गैरसरकारी संस्था, सामुदायिक संस्था र नागरिक समाजले विद्यालय र शिक्षाको गुणस्तर वृद्धिमा खेल्न सक्ने भूमिका लेख्नुहोस् ।



