काठमाडौं/१ असोज – शिक्षाविद् मेदिनी लामिछानेले शिक्षकहरूलाई कुन तह पढाएको हो भन्ने आधारमा भन्दा डिग्रीका आधारमा तलब दिनुपर्ने बताएका छन् । शिक्षाको गुणस्तर वृद्धिका लागि शिक्षकले कुन तहमा पढायो भन्ने आधारमा तलब नदिइ शिक्षकको कुन डिग्री छ भन्ने आधारमा तलब दिनु पर्ने बताएका हुन् ।
खबर एजुकेशनसँग कुरा गर्दै हामीलाई चाहिएको राम्रो शिक्षक फाउण्डेसन तहमा रहेको र कक्षा १, २, ३ मा मास्टर्स डिग्री गरेको शिक्षकले पढाउनु भयो भने राम्रो गुणस्तर आउन सकने धारणा व्यक्त गरेका छन् ।
उनले भने ‘हामीलाई चाहिएको राम्रो शिक्षक फाउण्डेसन तहमा छ , कक्षा १, २, ३ मा मास्टर्स डिग्री गरेको शिक्षकले पढाउनु भयो भने राम्रो गुणस्तर आउँथ्यो होला, अब उहाँहरू किन पढाई राख्नु भएको छैन भने प्राइमरी १,२,३ तिर पढाउन साथ तलब कम हुने भयो, त्यसकारण शिक्षकलाई तपाईको डिग्रीलाई हामी तलब दिन्छौँ कुन कक्षामा पढाउने तपाईको इच्छा भन्दिन पाइयो भने कम्तीमा मास्टर्स डिग्री गरेको शिक्षकले प्राइमरीमा पनि पढाउन सक्छ, त्यसले विद्यार्थीको सिकाईमा राम्रो गर्छ जस्तो मलाई लाग्छ ।’



