काठमाडौं/२५ भदौं – पूर्व शिक्षा मन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले विश्वविद्यालयमा हुने विद्यार्थी, प्रशासनका, प्राध्यापकका सबै संगठन खारेज गर्न माग गरेकी छन् । शिक्षा क्षेत्रलाई दलगत राजनीति मुक्त बनाउन दुई–तिहाइको सरकारले आँट गर्नुपर्ने बताउँदै माग गरेकी हुन ।
श्रेष्ठले आज संसद बैठकमा बेल्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई अमेरिका जानु भन्दा अगाडी कृषि तथा वन विज्ञान विश्वविद्यालयमा दलहरूले खडा गरेको समस्या सल्टाएर मात्र जान समेत आग्रह गरेकी छन् ।
उनले भनेकी छन् “आज एउटै मात्र आग्रह छ, प्रधानमन्त्रीज्यूलाई – कृपया अमेरिका जानु अघि कृषि तथा वन विज्ञान विश्वविद्यालयमा दलहरूले खडा गरेको समस्या सल्टाएर मात्र जानु होला है । असोज ३ सम्म सांसदहरूलाई काठामाडौँ नै बस्न उर्दी जारी गर्नुभएको रहेछ । त्यसबेलासम्म चाहिँ दम राखेर विश्वविद्यालयमा हुने विद्यार्थीका, प्रशासनका, प्राध्यापकका सबै संगठन खारेज पनि गरिदिनुहोला । शिक्षा क्षेत्रलाई दलगत राजनीति मुक्त बनाउन यो दुई–तिहाइको सरकारले आँट गरिदिनु प¥यो ।”