काठमाडौँ /२४ भदौँ – चाँदबाग स्कुलले दोस्रो नमूना संयुक्त राष्ट्र (एमयुएन) सम्मेलन सम्पन्न गरेको छ । युनाइटेड नेसन्स (एमयुएन) सम्मेलन भदौँ २१ गतेदेखि २३ गतेसम्म आयोजना गरेको थियो ।
नमुना संयुक्त राष्ट्र सम्मेलनमा २० विद्यालयका २ सय भन्दा बढी प्रतिनिधिहरूको सहभागीता रहेको विद्यालयले जनाएको छ । उक्त तीन दिने कार्यक्रममा विश्वव्यापी समस्याहरू र त्यसको समाधानका बारेमा गहन छलफल भएको थियो ।
सहभागी प्रतिनिधिहरूले ८ वटा विभिन्न समितिहरू बनाएर छलफल गरेको थिए । जसमा संयुक्त राष्ट्र मानव अधिकार परिषद् अन्तर्गत मानव अधिकार चुनौती र वकालतका बारेमा छलफल केन्द्रित रहेको थियो ।
त्यसैगरी सामाजिक न्याय र मानवीय प्रयास, लागु पदार्थको ओसारपसार र अपराधसँग सम्बन्धित मुद्दाहरूलाई सम्बोधन, अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा गतिशीलता नेभिगेट, सार्वजनिक बहसमा मिडियाको भूमिका, रचनात्मक छलफल र नवीन समस्या समाधान, लैङ्गिक समानता र महिला सशक्तीकरणको लागि वकालत र नेपालको सङ्घीय संसदमा क्षेत्रीय चुनौती र समाधान बारे छलफल गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि सेभ द चिल्ड्रेन नेपाल र भुटान कन्ट्री अफिसका एड्भोकेसी क्याम्पेन कम्युनिकेसन एण्ड मिडियाका निर्देशक आयुष श्रेष्ठ जोशीले समापन गरेका थिए । साथै गर्ली अग्रवाल, सीजी शिक्षाका शैक्षिक निर्देशक भूषणचन्द्र सेन गुरुङ, केन्द्र विद्यालयका प्रिन्सिपल ए जेराल्ड, इम्पेरियल वर्ल्ड स्कुलकी प्रिन्सिपल जुनीता शाही कार्कीको विशेष अतिथिका रूपमा सहभागिता रहेको थियो ।
विद्यालयका प्रिन्सिपल चन्द्रयान पी. श्रेष्ठले नमुना संयुक्त राष्ट्र सम्मेलनले युवा नेताहरूलाई उनीहरूको कूटनीतिक सीप विकास गर्न र अर्थपूर्ण संवादमा संलग्न हुन सहयोग पुगेको बताए ।



