सेट-४०(क) : प्राथमिक तहका लागि विषयगत नमूना प्रश्नोत्तर

काठमाडौं/१८ भदौं-शिक्षक सेवा आयोग तयारीका लागि एकाइ चार नेपाली भाषा शिक्षण अन्तर्गत वोध अभिव्यक्ति र सिर्जनात्मक लेखनबाट नमूना विषयगत प्रश्नोत्तरहरु (अडियो भिडियोसहित) दिइएको छ ।


यस सम्बन्धी अध्ययन गर्न चाहने लोक सेवा आयोग, शिक्षक सेवा आयोग, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुमा सेवा प्रवेश गर्न चाहने परीक्षार्थीका लागि तयार गरिएको हो ।


यस सामग्रीलाई विद्यार्थी शिक्षक लगायत सरोकारवाला सबैले अध्ययन र उपयोग गर्न सक्दछन् । यस सामग्रीको पाठ्यक्रम र नमूना विषयगत प्रश्नोत्तरका बारेमा अडियो र भिडियोका रुपमा प्रस्तुत गरिएको छ ।


पाठ्यक्रम : अनुलेखन, श्रुतिलेखन, अनुच्छेद लेखन, बुँदा लेखन, सारांश लेखन, चिठ्ठी लेखन, निवेदन, शुभकामना कार्ड, निमन्त्रणा कार्ड, वादविवाद र संवाद लेखन


अभ्यासका लागि सम्भावित प्रश्नोत्तरहरु
१. नेपाली भाषा शिक्षणमा सिर्जनात्मक लेखन सिप विकासका कुनै पाँच तरिकाहरूको परिचय सहित उल्लेख गर्नुहोस् । ५ (खुला प्रतियोगितात्मक विषयगत परीक्षा – २०८०)


२. वोध अभिव्यक्तिमा विद्यार्थीको व्यक्तिगत अनुभवको प्रयोग किन महत्वपूर्ण मानिन्छ ? यसलाई लेखन शिक्षामा कसरी समावेश गर्न सकिन्छ ?


३. सिर्जनात्मक लेखनमा मौलिकता र कल्पनाशक्तिको विकास गर्न शिक्षकले कुन–कुन शिक्षण रणनीतिहरू अपनाउन सक्छन् ?


४. अनुलेखनको अभ्यासले भाषिक शुद्धता र अनुशासनमा कसरी योगदान पु¥याउँछ ? यसलाई मूल्याङ्कन गर्न उपयुक्त मापदण्डहरू के–के हुन सक्छन् ?


५. श्रुतिलेखनका क्रममा विद्यार्थीको सुन्ने र लेख्ने क्षमतामा सन्तुलन कायम गराउन शिक्षकले अपनाउनुपर्ने शिक्षण विधिहरू के के रहेका छन् ?


६. अनुच्छेद लेखनमा विषयवस्तुको संगठन र विचारहरूको प्रवाह कसरी सुनिश्चित गर्न सकिन्छ ? लेख्नुहोस् ।


हेर्नुहोस भिडियो