काठमाडौँ /८ भदौ – बिआइटी सातौँ समेस्टर र बिइ कम्प्युटर आठौँ सेमेस्टरका विद्यार्थीहरूलाई इन्टरसिप कार्यक्रममा सहभागी गराउने उदेश्यले काठमाडौँको पुतलीसडकमा रहेको हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेज र न्यु आइटी भेन्चर लिमिटेडविच सम्झौता भएको छ ।
आगामी पुस महिनादेखि कार्यान्वयनमा ल्याईने सम्झौता अनुसार विद्यार्थीलाई कलेजमै आएर न्यु आइटी भेन्चरले तालिम प्रदान गर्ने र इन्टर्नसिपको व्यवस्था मिलाउने रहेको छ ।
विद्यार्थीले आठौँ सेमेस्टर सकेपछि आइटी विज्ञका रूपमा काम गर्ने व्यवस्था जापान र नेपालमा कार्यालय रहेको न्यु आईटी भेन्चरले गर्ने सहमति भएको कलेजले जानकारी दिएको छ ।
विद्यार्थीहरूले त्यही कम्पनीमा काम गर्न पाउने र आवश्यकता अनुसार अन्य कम्पनीमा पनि सिफारिस गरिने सम्झौतामा उल्लेख छ । विद्यार्थीहरूलाई पढाईसँगै इन्टर्नसिपको व्यवस्था र पढाई सकिएपछि उनीहरूलाई रोजगार पाउन सहज होस भन्ने उदेश्यले सहमति गरिएको कलेजका प्रिन्सिपल तोय नारायण पौडेलले बताए ।
उनले विद्यार्थीले नेपाल अथवा जापान जुनसुकै देशमा गएर इन्टर्नसिप गर्न सक्ने र पढाई सकिए पश्चात् विद्यार्थीको क्षमता अनुसार रोजगार पनि पाउने बताए । विद्यार्थीलाई सैद्धान्तिक शिक्षामा मात्रै केन्द्रीत नभएर सिप सहितको शिक्षा दिनका लागि कलेज लागि परेको पौडेलको भनाई छ ।



