शिक्षक कर्मचारी पदपूर्तिका लागि आवेदन माग

काठमाडौं/७ भदौं – कृषि तथा वन विज्ञान विश्वविद्यालय सेवा आयोगले कर्मचारी बढुवा, प्राध्यापक, सहप्राध्यापक पदको आन्तिरिक र खुला प्रतियोगिताका लागि दरखास्त आब्हान गरेको छ । विश्वविद्यालयका विभिन्न संकायमा रिक्त रहेका पदपूर्ति गर्न दरखास्त आब्हान गरेको हो ।


आन्तरिकतर्फ विश्वविद्यालयको स्थायी सेवामा कार्यरत उपप्राध्यापक, सहप्राध्यापक र कर्मचारीहरू मध्ये आवश्यक योग्यता र सेवा शर्त पूरा गरेका तथा खुलातर्फ तोकिएको मापदण्ड पूरा गरेका योग्य नेपाली नागरिकहरुबाट दरखास्त दिन सकिने जनाएको छ ।

यहाँबाट हेर्नुहोस सूचना