काठमाडौं/५ भदौं – शिक्षक सेवा आयोग तयारीका लागि एकाइ आठ : विज्ञान तथा प्रविधि शिक्षण अन्तर्गत जीव र वातावरणबाट नमूना विषयगत प्रश्नोत्तरहरु (अडियो भिडियोसहित) दिइएको छ ।
यस सम्बन्धी अध्ययन गर्न चाहने लोक सेवा आयोग, शिक्षक सेवा आयोग, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुमा सेवा प्रवेश गर्न चाहने परीक्षार्थीका लागि तयार गरिएको हो ।
यस सामग्रीलाई विद्यार्थी शिक्षक लगायत सरोकारवाला सबैले अध्ययन र उपयोग गर्न सक्दछन् । साथै पाठ्यक्रम र नमूना विषयगत प्रश्नोत्तरका बारेमा अडियो र भिडियोका रुपमा प्रस्तुत गरिएको छ ।
पाठ्यक्रम : जीवको वर्गीकरण, जीवलाई असर पार्ने वातावरणीय तत्वहरु, जनावरको वर्गीकरण (ढाड भएका र ढाड नभएका), विरुवाहरुको वर्गीकरण (जमीनमा र पानीमा पाइने, फूल फुल्ने नफुल्ने, एक दलीय र दुई दलीय)
अभ्यासका लागि सम्भावित प्रश्नोत्तरहरु
१. जीव र वातावरणवीचको अन्तरसम्वन्ध देखाउनुहोस । फूल फुल्ने र नफुल्ने विरुवामा पाइने भिन्नता उदाहरण सहित प्रस्तुत गर्नुहोस । यसै विषयमा विद्यार्थी मूल्याङ्कन गर्न कुनै दुईओटा २ अङ्क भारका छोटा प्रश्नहरु तयार गर्नुहोस् । ३+५+२=१० (शिक्षक सेवा आयोगबाट २०७९ सालमा सोधिएको)
२. वातावरण भनेको के हो ? वातावरणले जीवलाई कसरी असर पु¥याउँछ ? उदाहरणसहित वर्णन गर्नुहोस् । वातावरण शिक्षण गर्दा कस्ता किसिमका शिक्षण व्रिmयाकलापहरु अपनाउनु पर्दछ ?
३. जीवलाई वर्गीकरण गर्नुपर्ने आवश्यकता के रहेको छ ? जीवलाई वर्गीकरण गर्ने मुख्य आधारहरु के के हुन् ? जीवको वर्गीकरण सिकाउनका लागि एउटा पाठ योजना तयार गर्नुहोस् ।
४. जीवलाई असर पार्ने प्रमुख वातावरणीय तत्वहरु के–के हुन् ? जीवलाई असर पार्ने प्रमुख वातावरणीय तत्वहरुका बारेमा शिक्षण गर्दा अपनाउने शिक्षण विधिका बारेमा लेख्नुहोस् ।
५. ढाड भएका र ढाड नभएका जनावरबीच के फरक छ ? उदाहरणसहित दुई–दुईवटा उदाहरण दिनुहोस् । ढाड भएका र ढाड नभएका जनावरको विषयमा विद्यार्थी मूल्याङ्कन गर्न एउटा ५ अङ्क भारको प्रश्नहरु तयार गर्नुहोस् ।
६. जमिनमा र पानीमा पाइने विरुवाहरुबीच के भिन्नता छ ? पानीमा पाइने विरुवाहरुको संरचना र उनीहरुको वृद्धि र विकासमा पानीको भूमिका के हुन्छ ?
७. फूल फुल्ने र नफुल्ने विरुवाहरुको बीचमा के मुख्य अन्तर छ ? फूल फुल्ने विरुवाका बारेमा शिक्षण गर्दा कस्ता किसिमका शिक्षण व्रिmयाकलापहरु गर्नु पर्दछ ?
८. एक दलीय र दुई दलीय विरुवाको वर्गीकरण के का आधारमा गरिन्छ ? फूल फुल्ने र नफुल्ने विरुवाहरूमा प्रजननको प्रक्रिया कसरी भिन्न हुन्छ ? प्राथमिक तहमा फूल फूल्ने विरुवाका बारेमा शिक्षण गर्दा कुन शिक्षण विधि प्रयोग गर्नुहुन्छ ? कारण सहित लेख्नुहोस् ।
९. एक दलीय विरुवा र दुई दलीय विरुवाको पात, जरा र फूलको संरचनामा के भिन्नता हुन्छ ? एक दलीय विरुवा शिक्षण गर्दा अपनाइने शिक्षण व्रिmयाकलापहरु लेख्नुहोस् ।
१०. ढाड भएका र ढाड नभएका जनावरहरूका संरचनात्मक विशेषताहरू लेख्नुहोस् ? ढाड नभएका जनावरहरुले वातावरणीय अनुकूलन कसरी गर्छन् ? लेख्नुहोस् ।



