काठमाडौं/४ भदौं – शिक्षक सेवा आयोग तयारीका लागि एकाइ आठ विज्ञान तथा प्रविधि शिक्षण अन्तर्गत विज्ञान अध्ययन, सूचना तथा सञ्चार प्रविधिबाट नमूना विषयगत प्रश्नोत्तरहरु (अडियो भिडियोसहित) दिइएको छ ।
यस सम्बन्धी अध्ययन गर्न चाहने लोक सेवा आयोग, शिक्षक सेवा आयोग, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुमा सेवा प्रवेश गर्न चाहने परीक्षार्थीका लागि तयार गरिएको हो ।
यस सामग्रीलाई विद्यार्थी शिक्षक लगायत सरोकारवाला सबैले अध्ययन र उपयोग गर्न सक्दछन् । साथै पाठ्यक्रम र नमूना विषयगत प्रश्नोत्तरका बारेमा अडियो र भिडियोका रुपमा प्रस्तुत गरिएको छ ।
पाठ्यक्रम ः विज्ञान अध्ययनमा खोज, अवलोकन र प्रयोग, लम्बाइ, चौडाइ, पिण्ड र समयको नाप, सूचना तथा सञ्चार प्रविधि, विज्ञान शिक्षणमा सूचना र सञ्चार प्रविधिको प्रयोग
अभ्यासका लागि सम्भावित प्रश्नोत्तरहरु
१. कक्षा ५ को सूचना तथा सञ्चार प्रविधि पाठ शिक्षणका लागि परियोजना कार्य समेत समेटिने गरी एक पाठयोजना तर्जुमा गर्नुहोस् । १० (शिक्षक सेवा आयोगबाट २०८० सालमा सोधिएको)
२. कक्षा ५ को विज्ञान विषयको शिक्षण सिकाइका व्रmममा विषयवस्तु अनुसार कुनै विषयवस्तुको अनुसन्धान गर्नु परेको अवस्थामा कस्ता प्रव्रिmयाहरु अपनाउनु पर्दछ ? विषयवस्तुको अनुसन्धान गर्ने तरिका सिकाउँदा विद्यार्थीलाई हुने फाइदा लेख्नुहोस् ।
३. प्राथमिक तहमा विज्ञान विषयमा विद्यार्थीहरूले कसरी खोज, अवलोकन र प्रयोगको विधिबाट ज्ञान आर्जन गर्न सक्छन् ? उदाहरण सहित व्याख्या गर्नुहोस् ।
४. कुनै वस्तुको लम्बाइ, चौडाइ, पिण्ड र समय नाप्नका लागि प्रयोग गरिने साधनहरूको नाम दिनुहोस् र प्रत्येकको प्रयोगको विधि स्पष्ट गर्नुहोस् ।
५. प्राथमिक तहका विद्यार्थीहरूलाई आधारभूत सूचना तथा सञ्चार प्रविधिका उपकरणहरू परिचय गराउन के कस्ता गतिविधिहरू उपयोगी हुन सक्छन् ? आधारभूत सूचना तथा सञ्चार प्रविधिका उपकरणका बारेमा शिक्षण गरेपछि विद्यार्थीहरुले कति ज्ञान हासिल गर्न सके भनेर कसरी मूल्याङ्कन गर्नु हुन्छ ?
६. विज्ञान शिक्षणमा सूचना तथा सञ्चार प्रविधिको भूमिका के रहेको हुन्छ ? सूचना तथा सञ्चार प्रविधिको प्रयोग गरी कुनै एउटा पाठ योजना तयार गर्नुहोस् ।
७. प्राथमिक तहमा विद्यार्थीहरूको जिज्ञासालाई उत्प्रेरित गर्नका लागि विज्ञान अध्ययनमा कुन विधिहरू अपनाउनु पर्छ ?
८. विद्यार्थीहरूको सृजनात्मकता विकास गर्न सूचना तथा सञ्चार प्रविधिको उपयोग कसरी गर्न सकिन्छ ? उदाहरण दिनुहोस् । यस सम्बन्धी प्रभावकारी रुपमा शिक्षण गर्न कस्ता शिक्षण व्रिmयाकलापहरु गर्नु पर्दछ ?
९. प्राथमिक तहमा प्रयोगात्मक विधिबाट विज्ञान सिकाउँदा आउने चुनौतिहरू के–के हुन सक्छन् ? तिनलाई कसरी समाधान गर्न सकिन्छ ?
१०. अवलोकनका आधारमा प्राथमिक तहका विद्यार्थीहरूलाई वातावरणीय परिवर्तनको विषयमा कसरी ज्ञान दिन सकिन्छ ? वातावरणीय परिवर्तन सम्बन्धी शिक्षण गर्दा अपनाउने शिक्षण विधिका बारेमा लेख्नुहोस् ।



