काठमाडौं/३२ साउन – शिक्षक सेवा आयोग तयारीका लागि एकाइ नौ स्वास्थ्य, शारीरिक शिक्षा तथा सिर्जनात्मक कला अन्तर्गत व्यक्तिगत स्वच्छता तथा वातावरणीय सरसफाइबाट नमूना विषयगत प्रश्नोत्तरहरु (अडियो भिडियोसहित) दिइएको छ ।
यस सम्बन्धी अध्ययन गर्न चाहने लोक सेवा आयोग, शिक्षक सेवा आयोग, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुमा सेवा प्रवेश गर्न चाहने परीक्षार्थीका लागि तयार गरिएको हो ।
यस सामग्रीलाई विद्यार्थी शिक्षक लगायत सरोकारवाला सबैले अध्ययन र उपयोग गर्न सक्दछन् । साथै यस सामग्रीको पाठ्यक्रम र नमूना विषयगत प्रश्नोत्तरका बारेमा अडियो र भिडियोका रुपमा प्रस्तुत गरिएको छ ।
पाठ्यक्रम : व्यक्तिगत सरसफाइ, वातावरणीय सरसफाइ, फोहोर व्यवस्थापन तथा कुहिने फोहोरबाट जैविक मल निर्माण
अभ्यासका लागि सम्भावित प्रश्नोत्तरहरु
१. शरीरको सरसफाइको कमीले स्वास्थ्यमा के कस्ता समस्या उत्पन्न गराउन सक्छ ? व्यक्तिगत सरसफाइका लागि ध्यान दिनु पर्ने कुराहरु लेख्नुहोस् ।
२. वातावरणीय सरसफाइमा हाम्रा दैनिक क्रियाकलापहरूको भूमिका के हुनु पर्छ ? व्यक्तिगत सरसफाई र वातावरणीय सरसफाईमा के भिन्नता रहेको छ ?
३. फोहोर व्यवस्थापनको आधुनिक तरीकाहरू के के रहेका छन् ? तीमध्ये कुन विधि वातावरणीय दुष्प्रभाव न्यूनिकरणमा सबैभन्दा प्रभावकारी मानिन्छ ?
४. कुहिने फोहोरबाट जैविक मल निर्माण गर्दा कस्ता प्रक्रिया अपनाइन्छ ? जैविक मल निर्माण सम्बन्धी पाठ योजना तयार गर्नुहोस् ?
५. व्यक्तिगत सरसफाइ, वातावरणीय सरसफाइ र फोहोर व्यवस्थापन एकअर्कासँग कसरी सम्बन्धित छन् ? यी सबैलाई एकीकृत गरेर समाजमा स्वस्थ वातावरण कायम राख्नका लागि कस्ता रणनीतिहरू लागू गर्न सकिन्छ ?
६. वातावरणीय सरसफाइमा स्थानीय समुदायहरूलाई संलग्न गराउनका लागि कस्ता किसिमका प्रभावकारी रणनीतिहरू अवलम्बन गर्न सकिन्छ ?



