सेट-२४ : प्राथमिक तहका लागि विषयगत नमूना प्रश्नोत्तर

काठमाडौं/२९ साउन – शिक्षक सेवा आयोग तयारीका लागि एकाइ सात गणित शिक्षण अन्तर्गत अंकगणितबाट नमूना विषयगत प्रश्नोत्तरहरु (भिडियोसहित) दिइएको छ ।


यस सम्बन्धी अध्ययन गर्न चाहने लोक सेवा आयोग, शिक्षक सेवा आयोग, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुमा सेवा प्रवेश गर्न चाहने परीक्षार्थीका लागि तयार गरिएको हो ।


यस सामग्रीलाई विद्यार्थी शिक्षक लगायत सरोकारवाला सबैले अध्ययन र उपयोग गर्न सक्दछन् । साथै यस सामग्रीको पाठ्यक्रम र नमूना विषयगत प्रश्नोत्तरका बारेमा अडियो र भिडियोका रुपमा प्रस्तुत गरिएको छ ।


पाठ्यक्रम ः अंक र संख्याको ज्ञान, गणितका आधारभूत क्रियाहरु, भिन्न र दशमलव, प्रतिशत, समूहका प्रकार र क्रियाहरु, दूरी, परिमिति, क्षेत्रफल र आयतन, समय, मुद्रा र नापतौल


नमुना प्रश्नोत्तरहरु
१. गाईको दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ भएका बेला सीताको डेरीबाट रामले २ लिटर ५०० मिलिलिटर, यसोदाले ४ लिटर २५० मिलिलिटर र पेम्बाले १ लिटर ७५० मिलिलिटर दूध किनेछन् भने सीताले कति रुपैयाँ कमाइन् ? यो गणितीय समस्या शिक्षण गर्न तपाईले कक्षा शिक्षणमा प्रयोग गर्ने कुनै एक विधि उल्लेख गरी उक्त विधि प्रयोग गर्ने तरिका लेख्नुहोस् । ५+५=१० (शिक्षक सेवा आयोगबाट २०७९ सालमा सोधिएको)


२. गणितका आधारभूत क्रियाको बारेमा चर्चा गर्नुहोस् । विद्यार्थीलाई उनीहरूकै कक्षाकोठामा रहेको आयताकार वस्तुको उदाहरण दिई क्षेत्रफल र परिमिति सिकाउने तरिका उल्लेख गर्नुहोस् । ४+६ (शिक्षक सेवा आयोगबाट २०८० सालमा सोधिएको)


३. अंक र संख्याको ज्ञानका बारेमा लेख्नुहोस् । प्राथमिक तहमा अंक र संख्याको ज्ञानका बारेमा विद्यार्थीलाई बुझाउनका लागि कस्ता किसिमका व्रिmयाकलापहरु गर्नु पर्छ ? कुनै पनि तीन–अङ्कीय संख्यालाई उदाहरणको रूपमा लिई सो संख्यालाई १०० भन्दा ठूलो वा सानो अङ्कहरूको बीचमा छुट्टयाउने विधि व्याख्या गर्नुहोस् । यस प्रक्रियामा कसरी स्थानीय मानको प्रयोग गरिन्छ ?


४. गणितका आधारभूत क्रियाका बारेमा लेख्नुहोस् । तल दिइएका संख्याहरूको सम, गुणन, फरक र भागको गणना गर्नुहोस् । यी गणनामा क्यारी–अगाडि वा सापटी प्रक्रिया कसरी प्रयोग हुन्छ ? उदाहरणसहित व्याख्या गर्नुहोस् ।


५. भिन्न र दशमलव भन्नाले के बुझिन्छ ? प्राथमिक तहमा भिन्न र दशमलव सिकाउँदा कुन विधि प्रभावकारी मानिन्छ ? ५÷८ + ३÷४ को जोडीको परिणाम दशमलवमा परिवर्तन गर्नुहोस् । यस प्रक्रियामा संख्याहरूको ल.स. र म.स. प्रयोग कसरी गरिन्छ ? दशमलवको परिमाणलाई अन्य प्रकारका परिमाणहरूसँग तुलना गर्नुहोस् ।


६. प्रतिशत भनेको के हो ? एक विद्यार्थीले कुल ५०० अंकको परीक्षामा ७८% अंक ल्यायो भने सो विद्यार्थीको अंक र पास वा फेलको अवस्था निर्धारण गर्नुहोस् । प्रतिशत गणना र त्यसको महत्वको विश्लेषण गर्नुहोस् ।


७. समूह भन्नाले के बुझिन्छ ? समूहका प्रकारहरुका बारेमा जानकारी दिनुहोस् ।


८. दूरी भनेको के हो ? दुई स्थानको बीचको दूरी १५० किमी छ । एउटा सवारी साधनले ६० किमी १.५ घन्टा को दरले यात्रा गर्छ भने यो दूरी पार गर्न कति समय लाग्छ ? दूरी, गति र समयको सम्बन्धलाई उदाहरणसहित स्पष्ट पार्नुहोस् ।


९. परिमिति भनेको के हो ? लम्बाई २५ मिटर र चौडाइ १५ मिटर भएको आयताकार मैदानको परिमिति गणना गर्नुहोस् । परिमिति र यससँग सम्बन्धित विभिन्न ज्यामितीय तथ्यहरूको विश्लेषण गर्नुहोस् ।


१०. क्षेत्रफल भन्नाले के बुझिन्छ ? तल दिइएको त्रिकोणको आधार र उचाइको आधारमा क्षेत्रफल निकाल्नुहोस् । साथै, त्रिकोणको क्षेत्रफल निकाल्न प्रयोग गरिने सूत्रको व्याख्या गर्नुहोस् ।


११. आयतन भनेको के हो ? तलको घनाकारको आयतन निकाल्नुहोस् । आयतनको महत्व र यसलाई क्युविक मापनमा परिवर्तन गर्ने विधिको व्याख्या गर्नुहोस् ।


१२. समय, मुद्रा र नापतौलको परिचय दिनुहोस् । कुनै विद्यार्थी बिहान ८ः१५ बजे स्कूल गयो र १ः४५ बजे घर फर्कियो भने उसले स्कूलमा बिताएको कुल समय कति हो ? यसमा समयको सही गणना गर्ने तरिका र त्यसलाई आधारभूत एकाइहरूमा बदल्ने तरिका वर्णन गर्नुहोस् ।


हेर्नुहोस नमुना प्रश्नोत्तर