काठमाडौं/२३ साउन – शिक्षक सेवा आयोग तयारीका लागि एकाइ पाँच सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा अन्तर्गत सिकाइबाट नमूना विषयगत प्रश्नोत्तरहरु (भिडियोसहित) दिइएको छ ।
यस सम्बन्धी अध्ययन गर्न चाहने लोक सेवा आयोग, शिक्षक सेवा आयोग, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुमा सेवा प्रवेश गर्न चाहने परीक्षार्थीका लागि तयार गरिएको हो ।
यस सामग्रीलाई विद्यार्थी शिक्षक लगायत सरोकारवाला सबैले अध्ययन र उपयोग गर्न सक्दछन् । साथै यस सामग्रीको पाठ्यक्रम र नमूना विषयगत प्रश्नोत्तरका बारेमा अडियो र भिडियोका रुपमा प्रस्तुत गरिएको छ ।
पाठ्यक्रम : सामाजिक अध्ययनः परिचय र महत्व, एकीकृत पाठ्यक्रममा मेरो सेरोफेरो र शिक्षण
अभ्यासका लागि सम्भावित प्रश्नोत्तरहरु
१. आधारभूत तहमा एकीकृत पाठ्यक्रम कार्यान्वयनमा देखिएका समस्याहरु के के हुन ? कक्षा १ देखि ३ सम्मको मेरो सेरोफेरो विषयको एकीकृत पाठ्यक्रम कार्यान्वयनमा देखा परेका समस्याहरूको समाधानका लागि शिक्षक प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिको भूमिका बारे विश्लेषण गर्नुहोस् । ४+६ =१० (शिक्षक सेवा आयोगबाट तयार गरिएको नमूना प्रश्न)
२. एकीकृत पाठ्यक्रमको परिचय दिदै यसको प्रयोगका सबल र सुधार गर्नुपर्ने पक्षहरुको विवेचना गर्नुहोस् । मूल्यमा आधारित शिक्षा भन्नाले कस्तो प्रकारको शिक्षालाई भनिन्छ ? उदाहरण सहित प्रस्तुत गर्नुहोस् । २+३+५=१० (२०८० सालको परीक्षामा सोधिएको)
३. सामाजिक अध्ययनको महत्व वर्णन गर्नुहोस् । सामाजिक अध्ययनले कसरी व्यक्तिको समाजप्रतिको दृष्टिकोण र व्यवहारलाई परिवर्तन गर्न सक्छ ? उदाहरणहरूको साथमा स्पष्ट गर्नुहोस् ।
४. हाम्रो सेरोफेरो पाठ्यक्रमको भूमिका र महत्वको बारेमा विस्तृतमा चर्चा गर्नुहोस् । यस पाठ्यक्रमले कसरी विद्यार्थीहरूको स्थानीय वातावरण र समाजप्रतिको बुझाईलाई बढाउँछ ? लेख्नुहोस् ।
५. समाजमा समानता र सहिष्णुता बढाउन सामाजिक अध्ययनको भूमिका के रहेको हुन्छ ? यसले विविधता र बहुसांस्कृतिकको सम्मान गर्न कसरी सहयोग गर्दछ ?
६. नेपालको एकीकृत पाठ्यक्रममा सामाजिक अध्ययनको वर्तमान अवस्था के रहेको छ ? यसको सुधारका लागि के–के कदमहरू चाल्न सकिन्छ ? विस्तृत रुपमा विश्लेषण गर्नुहोस् ।