कास्की/२३ असार – पोखरा विश्वविद्यालयको केन्द्रीय कार्यालय र संकायका कार्यालयहरूमा तालाबन्दी गरिएको छ । करार प्राध्यापकहरूले आफूहरूको सेवा अवधि नविकरण गर्नुपर्ने भन्दै तालाबन्दी गरेका हुन् ।
विश्वविद्यालयको व्यवस्था अनुसार करारका प्राध्यापकहरूको तीन वर्षसम्म सेवा अवधि नविकरण हुने र त्यसपछि विज्ञापनको प्रक्रिया मार्फत छनोट भएर आउनु पर्ने छ । तर, प्राध्यापकहरूले विज्ञान मार्फत नभई नविकरण हुनुपर्ने माग राख्दै विश्वविद्यालयमा तालाबन्दी गरेका हुन् ।
विश्वविद्यालयको २४ औँ सभामा यो प्रस्ताव राखिएपनि कुलपतिले तीन वर्ष पुरा भएका करारका प्रध्यापकहरूलाई नविकरण नगरी सेवा आयोगको व्यवस्था अनुसार विज्ञापनको प्रक्रिया मार्फत छनोट गर्न निर्देशन दिएका थिए ।
विश्वविद्यालयको २४ औँ सभाको उक्त निर्णयको विरोधमा करार प्राध्यापक आइतवारदेखि उत्रिएका हुन ।