डीनका लागि आवेदन माग

सुर्खेत/३१ जेठ – मध्यपश्चिम विश्वविद्यालयले रिक्त डीन पदका लागि आवेदन माग गरेको छ । मध्यपश्चिम विश्वविद्यालय अन्तर्गत ग्य्राजुएट स्कुल अफ इन्जिनियरिङ, ग्य्राजुएट स्कुल अफ ल को रिक्त डीन पदहरूमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्नु आवेदन माग गरेको हो ।


योग्यता पुगेका व्यक्तिहरुले असार १३ गतेभित्रसम्म मध्यपश्चिम विश्वविद्यालय, केन्द्रीय कार्यालय, सुर्खेत वा सहकार्य तथा विकास अध्ययन संस्थान (एम.आई.सी.डी.) नयाँ बाटो, ललितपुरमा समेत भौतिक रूपमा आवेदन दर्ता गर्न सकिने जनाएको छ ।


साथै मध्यपश्चिम विश्वविद्यालयको आधिकारिक वेबसाइट लिङ्क mwu.edu.np/dean-documents मार्फत छनोट सम्बन्धी मापदण्ड प्राप्त गरी bit.ly/apply-mu-dean वा forms.gle/munGPmjowcV5kS4g9 मार्फत अनलाइन आवेदन फाराम पेस गर्न सकिने छ ।


त्यैगरी आवेदन दिनका लागि मान्यता प्राप्त विश्वविद्यालयका सम्बन्धित विषयका प्राध्यापक वा एजम् उपाधि सहित कम्तीमा १५ वर्ष सेवा पुगेका सह–प्राध्यापक हुनुपर्नेछ ।