काठमाडौँ /२४ जेठ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग प्रतिवेदन २०७५’ सार्वजनिक गर्ने तयारीमा रहेको जनाएको छ । तत्कालीन शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा गठन भएर तयार पारिएको आयोगको प्रतिवेदन सार्वजनिक गर्ने तयारीमा रहेको जनाएको हो ।
’उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०७५’ प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्राप्त गरेपछि यस विषयमा छलफल चलाइएको छ । यसै सन्दर्भमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले आज आयोगका पदाधिकारीहरूसँग प्रतिवेदन निर्माणको सन्दर्भ र कार्यान्वयनका चुनौतीका विषयमा सुझावका लागि छलफल गरेकी थिइन ।
मन्त्री सुमना श्रेष्ठको सचिवालयले प्राविधिक समस्या नआए सकेसम्म आज प्रतिवेदन सार्वजनिक गर्ने तयारी रहेको समेत जानकारी दिएको छ ।



