परीक्षा केन्द्र परिवर्तन

काठमाडौँ /२१ जेठ – शिक्षा सेवा आयोगले परीक्षा केन्द्र संशोधन गरेको छ । जेठ २६ गते सञ्चालन हुने माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको गण्डकी प्रदेश कास्की जिल्लाको परीक्षा केन्द्र परिवर्तन गरेको हो ।


आयोगको जेठ २१ गतेको निर्णयानुसार परिक्षा केन्द्र संशोधन गरी बिन्धबासिनी मावि बाटुलेचौरको परिवर्तन गरी बिन्धबासिनी मावि बाटुलेचौर क परीक्षा केन्द्र र राष्ट्रिय मावि टुँडिखेल परीक्षा केन्द्रको परिवर्तन गरी बिन्धबासिनी मावि बाटुलेचौर ख परीक्षा केन्द्र कायम गरेको छ ।