मधुवन नगरपालिकाको थप तीन दिन विद्यालय विदा गर्ने निर्णय

बर्दिया/२० जेठ – अत्यधिक गर्मी बढ्दै गएपछि बर्दिया जिल्लाको मधुवन नगरपालिकाले थप तीन दिन विद्यालय विदा गर्ने निर्णय गरेको छ । यसअघि जेठ १६ देखि १८ गतेसम्म विद्यालयमा बिदा दिइएकोमा थप तीन दिन विद्यालय विदा गर्ने निर्णय गरेको हो ।


नगर शिक्षा समितिको बैठकले जेठ २२ गतेबाट सञ्चालनमा आउने गरी थप तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको जनाएको छ । बर्खे बिदाबाट कट्टा हुनेगरी सबै विद्यालयको प्रशासनिक कार्य गर्न÷गराउन बाधा नपर्ने गरी पठनपाठन कार्यमात्र बन्द गरिएको तर, बिदा घोषणा गरे पनि मौसम सुधार भएको खण्डमा भने पठनपाठन गर्न सकिने शिक्षा शाखाले जनाएको छ ।