काठमाडौं/२८ फागुन– विद्यार्थीे जीवनमा स्मरणशक्तिको ठूलो भूमिका रहन्छ उमेरसँगै स्मरणशक्ति घट्दै जानु त स्वाभाविक हो, तर उमेरमै पनि स्मरणशक्ति क्षीण हुँदै जाँदा विद्यार्थी जीवनमा तनाव नै हुन्छ । स्मरणशक्ति पनि हाम्रो दैनिक जीवन व्यवहारमा जोडिएको हुन्छ । त्यसैले दैजिक जीवन व्यवहारमा केही कुरामा ध्यान दिए स्मरणशक्तिलाई चुस्त राख्न सकिन्छ ।
केही टिप्सहरू :
बिहान हिँडडुल गर्नाले स्मरणशक्ति चुस्त हुन्छ :
बिहानीको समय हिंडडुल ग¥यो भने शारिरीक, मानसिक रूपले तन्दुरूस्त हुन्छ । यति मात्र नभएर बिहानीको समयमा स्वच्छ र ताजा हावा प्रवाहित हुने हँदा यो समय हिंडडुल गर्दा स्वास्थ्यका लागि बढी उपयुक्त रहन्छ ।
शारीरिक व्यायाम :
शारीरिक व्यायाम शरीर र दिमाग दुवैका लागि उपयोगी हुन्छ । शारीरिक व्यायामले शरीरको हरेक पार्टपूर्जालाई क्रियाशील बनाईने हुंदा निरोगी रहन अझ बढी मद्दत गर्छ । यसले दिमागको पनि व्यायाम हुन्छ ।
समयमै सुत्ने र उठ्ने जीवनशैली :
समयमै सुत्ने, उठ्ने बानी बसाल्यो भने आफूले बनाएका हरेक काम कुराको योजना समयमै गर्न सकिन्छ, जसले गर्दा कामबाट मानसिक तनाव रहंदैन ।
समय समयमा मनोरञ्जन :
दैनिक जिवनमा काम मात्र गर्दागर्दै कहिलेकाहीं हामी धेरै थकित हुने गर्छाैं । अत्यन्त व्यस्तताका बावजुद कहिलेकाही मनोरञ्जन पनि गर्नुपर्ने हुन्छ । समयसमयमा गीत सुन्न,े नाचगान गर्ने, गाउने गर्नाले पनि दिमाग स्वस्थ राख्न मद्दत पुग्छ ।
मानसिक तनाव लिनुहुँदैन :
अनावश्यक कामकुराहरूमा मानसिक तनाव लिने काम गर्न हुंदैन । साना–साना कुरामा धेरै दिमाग खेलाउन हुदैंन । स–साना समस्यालाई धेरै सोचेर दिमागलाई प्रेसर दिनुको सट्टा समस्यालाई समाधान गर्नतिर लाग्नु पर्छ । जसले मानसिक तनाव कम होस् ।
अतिरिक्त क्रियाकलाप गर्ने :
काठमाडौं÷२८ फागुन– कामसंगसंगै अतिरिक्त कार्यहरू गर्न मानसिक रूपमा उत्तिकै राम्रो हुन्छ । काममा मात्र एकोहोरो रूपमा व्यस्त रहँदा पनि मानसिक दबाब हुने हुँदा अतिरिक्त कार्य पनि गर्नु जरुरी छ ।
धूम्रपान तथा मद्यपान निषेध :
धूम्रपान तथा मद्यपान स्मरणशक्तिका लागि अत्यन्त हानीकारक वस्तु हो । धूम्रपान तथा मद्यपानले स्मरणशक्ति क्षीण बनाउने मात्र नभई विभिन्न घाटक रोगहरू लाग्ने हुँदा यसबाट टाढै रहनु स्वास्थ्यको लागि उचित हुन्छ ।
एकैपटक धेरै खाना नखाने, पानी बढी पिउने ः
एकैपटक धेरै खाना खानाले शरीरमा आलस्यता पैदा गर्छ । यसले शरीरलाई निस्क्रिय बनाउँदछ । तसर्थ शरीरलाई सधैं सक्रिय र तन्दुरूस्त राख्न समयमै शरीरलाई चाहिने जति सन्तुलित खानाको सेवन गर्ने र धेरैभन्दा धेरै पानी पिउने गर्नुपर्छ ।
राति अबेरसम्म पढ्नुको सट्टा बिहान सबेरै पढ्ने :
राति अबेरसम्म पढ्ने बानी राम्रो होइन, बिहान सबेरै पढ्नु उपयुक्त हुन्छ । दिनभर काम गरेर रातको अवश्थामा हामी थाकिसकेका हुन्छौ, तसर्थ यो समय अध्ययन गर्दा दिमागमा थप प्रेसर हुने तर रातभरको निदाईले बिहान भने फ्रेस रहने हँुदा बेलुकीको समयमा भन्दा बिहानीको समय पढाईका लागि उपयुक्त रहन्छ ।
मांसाहारीभन्दा शाकाहारी खानालाई बढी प्राथमिकता दिने :
हरियो सागपात तथा ताजा फलफूल जतिसक्दो बढी खाने गर्नुपर्छ । मासुजन्य पदार्थ तथा जंक फुडको सेवन सकेसम्म गर्नुहुंदैन । त्यस्तै दूध र दहीजस्ता पदार्थले स्मरणशक्ति बढाउन ठूलो सहयोग पु¥याउँदछ । अतः स्मरणशक्तिलाई सक्रिय बनाउन शाकाहारीजन्य खानाले महत्वपूर्ण भूमिका खेल्ने हँुदा मांसाहारीभन्दा शाकाहारी खानालाई बढी प्राथमिकता दिनुपर्छ ।