रुपन्देही/६ माघ – अत्यधिक चिसो बढेपछि बुटवल उपमहानगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको छ । माघ ७ देखि ९ गतेसम्म ३ दिनका लागि उपमहानगर भित्रका सबै विद्यालयमा जाडो बिदा दिने निर्णय गरेको हो ।
‘यस उपमहानगरपालिकाको माघ ५ को निर्णयअनुसार अत्यन्तै जाडो बढेका कारण यस उपमहानगरपालिका अन्तर्गत सञ्चालित सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयमा माघ ७ गतेदेखि ९ गतेसम्म तीन दिनसम्मका लागि जाडो बिदा (हिउँदे बिदा) गरिएको ब्यहोरा जानकारीका लागि अनुरोध छ’ सूचनामा भनिएको छ ।



