विराटनगर/५ माघ – पूर्वाञ्चल विश्वविद्यालय इन्जिनियरिङ संकायले पाठ्यक्रम लगाएत पूर्वाधारका क्षेत्रमा उल्लेख्य रूपमा परिवर्तन भएको डीन देवीप्रसाद भट्टराईले बताएका छन् । उनले आफ्नो कार्यकाल तेस्रो वर्ष पूरा गरि चौथो वर्षमा प्रवेश गरेको अवसरमा संकाय अन्तर्गत सम्पन्न भएका कार्य र गर्न बाँकी रहेका र योजनामा रहेका कार्यक्रमहरूका बारेमा बिहिवार सार्वजनिक गर्दै सो कुरा जानकारी गराएका हुन ।
यस्तो छ सार्वजनिक गरिएको कार्य योजना :
पूर्वाञ्चल विश्वविद्यालयमा इन्जिनियरिङ संकायको डीनको हैसियतले कार्यप्रारम्भ गरेको तेस्रो वर्ष पूरा गरि चौथो वर्षमा प्रवेश गर्न लाग्दा यस संकायले सम्पन्न गरेका, हाल सम्पन्न गर्ने योजनामा रहेका र गर्न बाँकी रहेका शैक्षिक उन्नयनका गतिविधिलाई प्रस्तुत गर्न चाहन्छु ।
विज्ञान तथा प्रविधि संकायबाट इन्जिनियरिङ संकायलाई छुट्ट्याएपछि केन्द्रीय कार्यालयभित्र संकाय अफिस स्थापना भइ पहिलो डीनको रूपमा कार्यभार सम्हाल्दा जति खुसी महसुस भएको थियो त्यो भन्दा बढी चुनौतीहरू थिए । ति चुनौती भित्र अवसर पनि देखिन्थे जसलाई क्रमशः समाधान गर्ने दिशामा कामहरू भएका छन । गत वर्षको साउन महीना देखी डीन कार्यालय पुष्पलाल चोक विराटनगरमा व्यवस्थित रूपमा सञ्चालन हुदै आएको छ । गत ३ वर्षमा सम्पन्न इन्जिनियरिङ संकायमा भए गरेका कार्य र आगामी वर्षमा सम्पन्न गरिने कार्ययोजनाहरूलाई निम्न रूपमा प्रस्तुत गर्न चाहन्छु ।
सम्पन्न भएका कार्यहरू :
१. इन्जिनियरिङ संकाय अन्तर्गत स्नातक तहका विभिन्न ७ वटा कार्यक्रमका १० वर्ष पुराना सिलेवसलाई विषय समिति मार्फत संशोधन तथा पुनर्लेखन गराइ राष्ट्रिय तहका कार्यशालामा छलफल र संशोधन सहित प्राज्ञिक परिषद्बाट अनुमोदन भइ उक्त संशोधित सिलेवसलाई पाठ्यक्रममा लागु गरिएको छ । तेस्रो र चौथो वर्षको पाठ्यक्रम विस्तृतिकरणको कार्य जारी छ ।
२. स्नातकोत्तर तहका पाठ्यक्रमलाई समेत संशोधन गरि यसै वर्ष देखी नयाँ तथा संशोधित पाठ्यक्रम लागु गरिएको छ ।
३. आंगिक क्याम्पस विराटनगरमा Earthquake Engineering, Construction Management तथा Electrical Power System Engineering का स्नातकोत्तर तहका नया कार्यक्रम सञ्चालन भएका छन । त्यस्तै अन्य २ वटा सम्बन्धन प्राप्त कलेजले समेत स्नातकोत्तर कार्यक्रम सञ्चालन गर्न आवश्यक प्रक्रिया पुर्याई अनुमति प्राप्त गरेका छन । यी कार्यक्रमहरू अध्ययन गर्न पहिलो ब्याचको प्रवेश परीक्षामा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
४. मूल्याङ्कन पद्धतिलाई स्वस्थ, स्तरीय र क्षेत्रीय/अन्तराष्ट्रिय अन्तराष्ट मापदण्ड सरह बनाउन आन्तरिक तथा अन्तिममा हुने मूल्यांकन पद्धतिलाई परिमार्जन गरिएको छ, जहाँ विद्यार्थी र विषय शिक्षकलाई बढी जिम्मेवार बनाइएको छ ।
५. आंगिक तथा सम्बन्धन प्राप्त सबै क्याम्पस÷कलेजको स्थलगत रूपमा निरीक्षण गरि आवश्यकता अनुसार भौतिक पूर्वाधार, प्रयोगशाला र पठन पाठन कार्यको स्तर उन्नयन गरि स्तरीय सेवा दिन निर्देशन दिइएको छ ।
६. पुसेटलाई क्अजययSchool of Engineering / School of Science & Technology को रूपमा छुट्टाछुट्टै स्थापना गर्न फ्याकल्टि तथा स्टाफको व्यवस्थापन गर्ने कार्य सम्पन्न भएको छ ।
७. पूर्वाञ्चल विश्वविद्यालय इन्जिनियरिङ संकाय तथा त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान र मनमोहन टेक्निकल विश्वविद्यालयबिच मानवीय संसाधन तथा प्रयोगशाला र अनुसन्धान कार्यमा एक अर्काबिच पारस्परिक सहयोग समन्वय गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएका छन् । सोही सम्झौता अनुरूप हाल मास्टर्स तथा ब्याचलर तहमा केही कार्यक्रममा शिक्षकहरूको सहभागिता हुँदै आएको छ ।
८. पूर्वाञ्चल विश्वविद्यालय इन्जिनियरिङ संकाय तथा काठमाडौँ विश्वविद्यालयबिच Renewable and Sustainable Energy Laboratory कोशी प्रदेशका लागि Solar & Renewable Energy focusing in Province–1“ मार्फत सहकार्यको कार्य सुरुवात गरिएको छ ।
९. कक्षा सञ्चालनलाई व्यवस्थित बनाउन र समयमै कोर्स सम्पन्न गर्न नियमित रूपमा एकाडेमिक क्यालेन्डर प्रकाशन गरि त्यसलाई कडाइका साथ पालना गर्न सम्बन्धित स्कुल/कलेज/ क्याम्पसलाई निर्देशन प्रदान गरिएको छ ।
१०. परीक्षा व्यवस्थापन कार्यालयमा इन्जिनियरिङ संकायको नतिजालाई छिटो छरितो र प्रभावकारी बनाउन डेपुटी कन्ट्रोलरको व्यवस्थापन भएको छ ।
११. विश्वविद्यालय अन्तर्गतका सबै कलेजबिचको मास्टर्सको थेसिस रिपोर्टको स्ट्रक्चरमा एक रूपता कायम गरिएको छ । साथै थेसिसको डिफेन्स वर्षमा ३ पटक ९भाद्र, माघ र जेठ महीना० तोकिएको छ ।
१२. अनलाइन विधिबाट प्रवेश परीक्षाको आवेदन फाराम र दस्तुर र डकुमेन्ट बुझाउने कार्य सञ्चालनको सुरुवात भएको छ ।
१३. विश्वविद्यालय अन्तर्गतका आंगिक तथा सम्बन्धन प्राप्त कलेज व्यवस्थापनसँग शैक्षिक गुणस्तर वृद्धि गर्न नियमित बैठक गरी समस्याको पहिचान र आवश्यकता अनुसार समाधानका उपायबारे छलफल सहित क्रमशः कार्यान्वयन गर्ने गरिएको छ ।
१४. प्रवेश परीक्षा बिनियामावाली तथा छात्रवृत्ति बिनियामावालीमा देखिएका त्रुटि तथा कमजोरीलाइ संशोधन तथा परिमार्जन गरी नयाँ बिनियामावाली लागु गरी सोही अनुरूप कार्य सञ्चालन गर्न थालिएको छ ।
१५. Electronics & Telecommunication Engineering विषयको नाम परिवर्तन गरी Electronics Telecommunication & automation Engineering राखि एकाडेमिक काउन्सिलबाट अनुमोदन गराउने कार्य भएको छ । यस विषयमा बढी रोजगारमुखी तथा अत्याधुनिक विषयहरू समावेश गरिएको छ ।
१६. आंगिक क्याम्पसमा अत्यावश्यक रहेका सहायक प्राध्यापकका रिक्त करार पदहरूमा लिखित, मौखिक तथा प्रयोगात्मक खुल्ला प्रतिस्पर्धा गराइ ९ जना योग्य शिक्षकको नियुक्तिको लागि कार्यकारी पारिषदमा सिफारिस गरिएको छ ।
१७. विश्वविद्यालय र इन्जिनियरिङ संकायले हाल गरिरहेका काम तथा भावी योजना /कार्यक्रमबारे समय समयमा विभिन्न संचार माध्यमबाट जानकारी गराउने गरिएको छ ।
भावी योजनाहरू :
१. अध्ययन/अनुसन्धानलाई प्रोत्साहन तथा अगाडी बढाउन डीन कार्यालय अन्तर्गत रिसर्च युनिट गठन गर्ने प्रक्रिया अगाडी बढाइएको छ । शिक्षकहरूलाई उच्च अध्ययन, अनुसन्धान तथा पिएचडि डिग्रीको निमित्त अभिप्रेरित गर्ने योजना रहेको छ ।
२. इन्जिनियरिङ संकाय अन्तर्गत स्नातकोत्तर तहको नियमित परीक्षा सञ्चालन गर्ने उदेश्यले यसै आर्थिक वर्षसम्ममा सफ्टवेयर तथा हार्डवेयर जडान गर्ने कार्य सम्पन्न गरिनेछ ।
३. इन्जिनियरिङ संकाय अन्तर्गतका आंगिक कलेज र डिन कार्यालयबिच गत वर्ष गरेका कामको समीक्षा र आगामी योजनाबारे अन्तरक्रिया कार्यक्रम गरिनेछ ।
४. आंगिक क्याम्पसमा आउँदो शैक्षिक सत्रसम्ममा सिभिलतर्फ १, कम्प्युटर र इलेकट्रोनिक्सतर्फ १÷१ गरी थप ३ विषयमा स्नातकोत्तरका कार्यक्रम सञ्चालन गरिनेछ ।
५. जेहेनदार छात्रवृत्ति पाउने विद्यार्थीको सुविधा पनि आरक्षित छात्रवृत्ति पाउने विद्यार्थी सरह बनाउने प्रक्रिया अगाडी बढाइएको छ ।
६. परीक्षालाई थप व्यवस्थित बनाउँदै परीक्षा सकिएको ३ महीना भित्रमा नतिजा प्रकाशन गर्न परीक्षा व्यवस्थापन कार्यालयलाई आवश्यक सहयोग गरिनेछ ।
७. आंगिक तथा सम्बन्धन प्राप्त कलेजहरूमा स्मार्ट कक्षा कोठाको व्यवस्थापन गिरिने छ ।
८. विषय सम्बन्धित व्यवस्थित पुस्तकालय तथा साइनटिफिक जर्नलमा विद्यार्थी शिक्षकको पहुँचलाई सुनिश्चित गर्न पहल गरिने छ ।
९. भारत तथा अन्य विदेशी विश्वविद्यालयसँग सहकार्य र फेकल्टी उन्नयन गर्न , सम्बन्धित कलेज तथा निकायहरूसँग सहकार्य समन्वय र अन्तरक्रियालाई निरन्तरता दिइनेछ ।
माथिका उपलब्धि र कार्यप्रगति एक्लै सम्भव भएका हैनन, यी कार्यहरू गर्न उत्प्रेरणा दिने विश्वविद्यालयका उपकुलपतिज्यु रजिस्ट्रारज्यु अन्य संकायका डीनज्यहरू , यस संकायका सह डीन तथा अधिकृत, आंगिक क्याम्पसका डाइरेक्टर परीक्षा नियन्त्रक र सह नियन्त्रकहरू, संकाय र विश्वविद्यालयका विभिन्न निकायका शिक्षक कर्मचारी सम्बन्धन प्राप्त कलेजका शिक्षक कर्मचारी तथा विद्यार्थी संगठनहरूप्रति आभारी छु ।
आशा तथा विश्वास छ यस्तो सहयोगले निरन्तरता पाउनेछ र इन्जिनियरिङ संकायलाई विश्वविद्यालयको एक सम्मानित संस्थाको रूपमा विकास गर्न सकिनेछ र कोशी प्रदेशको राजधानी विराटनगरलाई इन्जिनियरिङ शिक्षाको केन्द्रका रूपमा विकास गर्न सकिनेछ । जय पूर्वाञ्चल विश्वविद्यालय ।



