काठमाडौँ /२७ पुस – शिक्षा तथा मानव स्रोत विकास केन्द्र, विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाले सप्ताहव्यापी रूपमा सबै विद्यालयमा योग दिवस मनाउने व्यवस्था मिलाउन अनुरोध गरेको । नावौँ राष्ट्रिय योग दिवस आगामी माघ १ गते गरौँ योग रहौँ निरोग भन्ने मूल नाराका साथ मनाउने व्यवस्था मिलाउन सबै स्थानीय तह र शिक्षा विकास तथा समन्वय इकाइलाई अनुरोध गरेको छ ।
केन्द्रले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पत्र अनुसार सबै विद्यालयहरूमा राष्ट्रिय योग दिवस मनाउने व्यवस्था गर्न स्थानीय तह र शिक्षा विकास तथा समन्वय इकाइलाई अनुरोध गरिएको जनाएको छ ।
https://cehrd.gov.np/file_data/mediacenter_files/media_file-1-764370907.pdf



