प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्(सीटीईभिटी) ले प्राविधिक एस.एल.सी तह र डिप्लोमा तह कार्यक्रम सञ्चालन सम्बन्धन अनुमति प्रदान गरेको छ ।
सीटीईभीटीले आगमी २ वर्ष भित्रमा प्रत्येक स्थानिय तहमा सीटीईभिटी अन्तर्गतका शिक्षालयहरु स्थापना गर्ने उद्देश्यका साथ अनुमति दिइएको हो । प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गर्न स्थानिय सरकारको सिफारिसको आधारमा पूर्वाधार पूरा गरेको विभिन्न सामुदायिक विद्यालयमा कार्यक्रम सञ्चालन गरिन अनुमति प्रदान गरिएको हो । परिषद् कार्यलयका निर्णय अनसुार प्राविधिक एस.एल.सी र ३ वर्षे डिप्लोमा वा प्रमाणपत्र तह प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गर्नका लागि सम्बन्धन अनुमति दिएको छ ।