काठमाडौँ /१७ पुस – नाजायज कार्य गरेको आरोपमा संयुक्त विद्यार्थी संगठनले खुला विश्वविद्यालयका उपकुलपतिको राजीनामा माग गरेका छन् । संगठनहरूले विश्वविद्यालयको प्राज्ञिक मर्यादा विपरीत विश्वविद्यालयमा आर्थिक लेनदेनको आधारमा नियुक्ति, खरिद बिक्री गरेको, परीक्षा जस्तो संवेदनशील र गोप्य काममा उपकुलपतिले आफ्नो परिवारको सदस्य प्रयोग गरी नाजायज कार्य गरेको आरोपमा राजीनामा माग गरेका हुन् ।
उनीहरूले प्रेस विज्ञप्ति जारी गर्दै उपकुलपति प्रा। डा। शिलु मानन्धर बज्राचार्यले तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन् । साथै विश्वविद्यालयले प्रदान गर्ने गाडी, सेवा सुविधा प्रयोग गर्न निषेध र विश्वविद्यालय प्रवेशमा समेत निषेध गरिएको विज्ञप्तिमा उल्लेख ।
उनीमाथि विश्वविद्यालय आफ्नो पैतृक सम्पत्ति जस्तो गरी धाकधम्की दिने, शिक्षक कर्मचारीलाई आतङ्क सिर्जना गरी विश्वविद्यालयको शैक्षिक वातावरण बिगारेको समेत आरोप विद्यार्थी संगठनहरूको छ ।




