त्रिविको प्रवेश परीक्षा, भर्ना तथा कक्षा सञ्चालन सम्बन्धी पूर्व निर्धारित कार्यक्रम संशोधन

काठमाडौँ /१४ पुस – त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ्काय डीनको कार्यालयले स्नातकोत्तर तह एम एड एमएसएसएड कार्यक्रमको भर्नासम्बन्धी कार्यतालिका संशोधित गरेको छ । शैक्षिक सत्र २०८०/०८१ का लागि सेमेस्टर प्रणालीमा आधारित स्नातकोत्तर तह एम एड एमएसएसएड कार्यक्रमको प्रथम सेमेस्टरमा भर्नाका लागि सञ्चालन हुने प्रवेश परीक्षा, भर्ना तथा कक्षा सञ्चालन सम्बन्धी पूर्व निर्धारित कार्यक्रम संशोधन गरेको हो ।


विश्वविद्यालयले आवेदन फाराम बुझाउने अवधि माघ ४ गतेसम्म तोकेको छ भने प्रवेश परीक्षा माघ ७ गते दिउँसो १ : ०० देखि निर्धारण गरेको छ ।

हेर्नुहोस सूचना :

https://www.tufoe.edu.np/