काठमाडौँ /२ पुस- गत मंसीर २९ गते भएको काठमाडौँ महानगरपालिकाको २९ औँ महानगर दिवसको उपलक्ष्यमा नगर प्रमुखको सम्बोधन सटीक, प्रधानमन्त्रीको ब्यालेन्स र उपप्रमुखले मीठो रूपमा गरिएको स्वागत र प्रदर्शन गरिएका झाँकीहरू आकर्षक थिए तर पनि मनमा केही झड्का दिइरहेको थियो । हामी काठमाडौँ महानगरपालिका भित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरू सैनिक मञ्चमा कार्यक्रमको अवलोकन गर्दैरहेको अवस्थामा थियो । त्यही समयमा अरूले के सोच्नुभयो मलाई थाहा छैन तर वर्तमान नेपालका सङ्घीय सरकारका प्रधानमन्त्रीको सम्बोधनले भने मलाई सोच्न बाध्य बनायो ।
उहाँले गणतन्त्रको राम्रो पक्षको रूपमा त्यही सैनिक मञ्चमा भएको कार्यक्रम पनि गणतन्त्रको उपज हो भन्नेभयो । उहाँले थप्नुभयो यो मञ्च केवल सैनिकले मात्र प्रयोग गर्थो अहिले तपाई हामी सँगै छौ भन्नुभयो । म शिक्षक भएकोले भन्नै पर्यो र शिक्षामा देखिएका अन्योलको बारेमा बोल्नै पर्ने भयो । यति भन्दै गर्दा उहाँले बिर्सनुभयो कि ?
उहाँको सुरक्षामा तीनै सेना र प्रहरी खटिएका छन । सत्ता र शक्तिले मान्छेलाई अन्धो बनाएको हुन्छ देख्नुपर्ने कुरा देख्दैन तर नदेख्न पर्ने कुरा देखिहाल्छ । उहाँले फेरी बिर्सनुभयो नेपालका गाउँ वस्तीहरू दिनानुदिन खाली भैरहेका छन यदि केशव प्रसाद भट्टराईले फेसबुक वालमा विश्वर सिंह मेवाहाङको इन्जिनियरिङ पढ्ने विद्यार्थीको सेयर गरेको तथ्यांक नेपालको शैक्षिक जगतमा डरलाग्दो भैरहेको छ । उहाँले पस्किएको जानकारी अनुसार इन्जिनियरिङ पढ्नको लागि २० हजार जतिले इन्ट्रान्स परीक्षा दिन्थे मुस्किलले ४ हजारले पढ्न पाउँथे तर यसपालि कोटा पनि आधा खाली रह्यो भने ४ वटा क्याम्पसमा शून्य विद्यार्थी भए । उहाँले पस्कनुभएको सङ्ख्या ठिक हो भने पुलचोक इन्जिनियरिङ क्याम्पसमा १ सय १६ सिट खाली छ, थापाथली क्याम्पसमा २ सय ३४ सिट, पश्चिमाञ्चल क्याम्पसमा १ सय ८४, कुनै पनि क्याम्पसमा चाहिएजति विद्यार्थी भएनन र समग्रमा ४ हजार ३ सय ४४ जना विद्यार्थीहरूले पढ्नु पर्ने ठाउँमा २ हजार ५ सय ५२ जना विद्यार्थी अपुग भएको छ । मैले बुझेको गणतन्त्रभित्र यो पर्दैन । गणतन्त्रमा हामी कहाँ छौँ बुझ्नु पर्ने हो बुझ्न सकेको अवस्था छैन । यो वर्तमान प्रधानमन्त्रीको नजरमा नपरेको आभास भयो ।
सत्तामा रहनेले बुझ्नुपर्ने हो तर, बुझेको अवस्था छैन । हामी मानिस जन्मेको मर्नैको लागि र जिएको कर्मको लागि भन्ने बुझ्दा बुझ्दै पनि अंहकारमा डुबिरहेको हुन्छौँ । अंहकार र लोभबाट बाहिर निस्की मोक्षको मार्ग खोज्नुपर्ने मानिसहरू अरूको कुरामा ओइयात समय फालिरहेका हुन्छन् । यो इन्जिनियरिङ पढ्ने विद्यार्थीको सङ्ख्याले डरलाग्दो नेपालको भविष्यको संकेत गरेको छ । के गर्दै हुनुहुन्छ प्रधानमन्त्री ज्यू ? कसले कसलाई सलाम गर्छ भन्ने होइन र उहाँकै शब्दमा भन्नुपर्ने हो भने कसले कसरी देशको लागि छलाङ्ग मार्नुपर्ने हो त्यो गर्न सकेको छैन । देशको प्रधानमन्त्री को कतिपटक बन्ने होडबाजीमा लाग्नु नेपालको दुर्भाग्य हो । नेपाली जनाताले त सैनिक मञ्चमा हिजो राजा र सेनालाई देख्थे आज प्रधानमन्त्री र मन्त्री र अन्य नगर प्रमुखलाई तर पनि व्यक्ति फरक देखिए आचरण त उही हैन र ? के नेपालले खोजेको गणतन्त्र यही हो त ? देशका युवालाई कमाउन र रमाउन विदेश पठाएर देशलाई खोक्रो पार्ने नै त हो त, हैन र ?
हुन त मलाई याद आउँछ एद्य क्जििभथ को सनेट इशष्mबलमष्यगक । यो कवितामा इशष्mबलमष्यगक राजाको पनि राजा थिए । उनी सदाको लागि अमर बन्ने उदेश्यले आफ्नो शालिक बनाएका थिए। तर पनि कविले राजाको त्यो मूर्ख बुद्धिलाई इंकित गर्दै भनेका थिए यो सन्सारमा कसैले घमण्ड गर्नुपर्दैन । प्रत्येक सामान होस वा व्यक्ति उ मरणशील हुन्छ । ती नाशवान् हुन्छन। मानिसको शक्ति र धन दुवै नाशवान् हुन्छन । तीनको पछि लाग्नु बेकार हो । राजाको शालिकलाई हेर्दै भन्छन् एक दिन तिम्रो शालिक पनि भत्किएर जान्छ। देशमा गणतन्त्र आएको छ । आएको पनि धेरै नैँ भैसक्यो तर गणतन्त्र र राजतन्त्रमा तात्विक भिन्नता देखिन सकिएको छैन।भगवान कृष्णका बालसखा सुदामाको राजाले सुदामाले उनको दरवारमा उनको गुनगानको लागि दरवारमा पुग्दा राजा रक्सि पिउँदै युवतीसँग जिस्किदै गरेको देखेपछि उनले गलत गर्यौ यसो गर्न हुँदेन भनेपछि उनलाई गलहत्ताएर दरवार निकालेका थिए तर उनकै कारणले पुरा बृन्दापुरी दरवारको शहर बनाएकोले त्यही राजाले सुदामालाई राजा बनाउन खोजे तर पनि भएनन । किन ? किन कि उनी लोभ र अंहकारबाट मुक्त थिए तर पनि नेपालको प्रधानमन्त्रीले व्यक्ति बदलिनुलाई ठूलो मान्नु भ्रम हो । राजा र सेनाले कार्यक्रम गर्ने स्थानमा वर्तमान नेतृत्वले फरक तरिकाले पस्कन सकेको भए त सही हुनेथियो तर त्यसो हुन सकेको छैन । हिजो राजाको समयमा जे थियो आज त्यही छ । हिजो राजाको समयमा जसरी कार्यक्रम सञ्चालन गरिएको हुन्थ्यो आज त्यही छ । त्यसैले अहिलेको गणतन्त्र भन्दा त मलाई बेजोड र शक्तिशाली लाग्छ यो भनाई :
सुन्नेलाई सुनको माला भन्नेलाई फूलको माला …
कति बेजोड र अर्थपूर्ण छ यो लौकोतिमा । सभामा सम्बोधन गर्दै जाँदा सभाको सभापतिलाई सम्बोधन गर्नैपर्छ । सभापतित्व पनि सम्बन्धित निकायको प्रमुखलाई बनाइने गर्छ हिजो पनि त्यही थियो आज पनि त्यही छ । गणतन्त्रमा जनता जनार्दन हुन भन्ने गरिन्छ तर तिनै जनार्दनको बेवास्ता गरिएको हुन्छ
किन ?
अब सभामा सभापति पनि सम्बन्धित स्थानको अग्रज वा कोही केही सिपमा नपूर्ण व्यक्तिलाई चयन गरिदिने सम्बोधन गर्दा यसो गरे परिवर्तन देखिन्थ्यो कि ।
सभाका सभापति ज्यू, मञ्चको अगाडि र यत्रतत्र छरिएर रहनु भएका आदरणीय जनार्दन ज्यू अर्थात् दर्शक ज्यू, मञ्चमा आसिन सम्पूर्ण अतिथि ज्यू नमस्कार ! वा जय नेपाल, वा लाल सलाम वा अन्य केही अभिवादन । तर पनि जसले जे भने पनि नेपालको लागि नमस्कार र जय नेपाल भन्दा सुन्दर र अर्थपूर्ण अभिवादन अरू हुन सक्दैनन ।
त्यही सुन्नेलाई… प्रयोगमा ल्याउन सके गणतन्त्रको आभास हुन्थ्यो होला केही परिवर्तन हुन्थ्यो कि सुन्नेलाई सुनको माला र भन्नेलाई फुलको माला जस्तै हुन्थ्यो कि अर्थात् सही अर्थमा गणतन्त्र फस्टाउथ्यो कि ?
दानमा सर्वोत्कृष्ट दान क्षमादान हो भने मानिसलाई तृप्ति पार्न सक्ने केवल भोजन मात्र हो। हिजो राजा उभिने ठाउँमा अर्को अमुक व्यक्ति उभिएको छ । फरक भयो त? सेना र प्रहरीले हिजो राजाको सुरक्षा दिन्थे भने आज प्रधानमन्त्री, मन्त्री र स्थानीय सरकार प्रमुखलाई। आखिर उही त भयो। खोई त सर्वसाधारणको लागि ।
गणतन्त्रमा जनताको सुरक्षा गर्ने काम सुरक्षा कर्मीको हुनुपर्ने हो र आफ्नो जनप्रतिनिधिको सुरक्षा जनताले यति गरिदिएको भए त परिवर्तन भैहाल्थियो हैन र ? बल्ल यो परिवर्तन सही अर्थमा परिवर्तन मानिने थियो ।
मैले बुझ्न सकेको छैन
के ?
नेपालको संविधान
किन ?
किन कि संविधानमा समानतालाई मौलिक हकभित्र राखेको छ । तर, समानता कहीँ देख्दिन ।
किन ?
किनकि देशको प्रधानमन्त्री, राष्ट्रपति, मन्त्रीहरूको अगाडि पछाडि सुरक्षा सहित गाडीमा हुँइकीने गर्छन , सेवा सुविधा त्यस्तै छ । तर कार्यालय वा मन्त्रालय वा अन्य कहीँको कार्यालयको कार्यालय सहयोगी न गाडी न सेवा सुविधा राम्रो तर पनि सबै भन्दा उ पहिले पुग्नुपर्छ कार्यस्थलमा तर, पनि उसको न मान, न सम्मान न तलब भत्ता जिउन पुग्ने नै छ । मैले खोजेको समानता त्यो होइन र हुनुहुँदैन ।
तहगत रूपमा भिन्नता हुनु स्वाभाविक भए पनि सेवा र ज्यालामा हुने असमनता अमानवीय आचरण हुन । केही फरक हुनु स्वाभाविक हो तर अस्वाभाविक ज्यालामा गरिनुले समाजमा हुने र नहुने सधैँ बढिरहन्छ । यसको न्यूनीकरण गर्नुपर्छ ।
किन ?
प्रधानमन्त्री वा राष्ट्रपति वा राजालाई पनि जिउन खाना चाहिन्छ र करिब घरको सदस्य सङ्ख्या उस्तै हुन्छ। त्यो ज्यालाको, सुरक्षाको शैली फरक छ । यो समानता हुँदै होइन । पदले कहाँ ठिक हुन्छ त्यो जनाउँदछ तर तलब भत्तामा हुने विविधताले समाजमा असमान आर्थिक हैसियत जनाउँछ । यस्तो कुरा शिक्षाले सिकाउन सक्नुपर्छ र राष्ट्रले व्यवस्थापन गर्नुपर्छ ।
सर्वसाधारण विरामी हुन्छ अस्पतालको टिकट रु ५०/७५/१०० तिर्न सक्ने हुँदैन तर देशका मन्त्री प्रधानमन्त्री राष्ट्रपतिको उपचार नेपालका अस्पतालहरूमा भिआइपिमा राखेर उपचार गरिन्छ कि विदेश ।
किन ?
समानता भित्रको असमानता हो । फेरी आरक्षणको कुरा छ । समानता भित्र आरक्षण हुन सक्दैन । मानव सभ्यताका २ शत्रु छन अशिक्षा र गरिबता यसको निर्मूल पार्नुपर्ने हो तर त्यो गरिएको छैन । संविधान नेपाल सरकार मान्दैन तर पनि राम्रो संविधान मान्दछ ।
किन ?
माध्यमिक तहको शिक्षा निःशुल्क पाइन्छ भनेर संविधानमा लेख्ने तर कार्यान्वयन नगर्ने। जब संविधानको कुरा देशको शासनले कार्यान्वयन गर्दैन, यसको उपलब्धि केही हुँदैन ।
त्यसैले यसको पुनर्लेखन आवश्यक छ । फेरी सरकारी कर्मचारीलाई पेन्सन छ अरूलाई के ? समानता कहीँ छैन तर मौलिक हक भित्र संविधान लेखिएको छ । विडम्बनाको कुरा छ ।
के ?
राजाको पैसा स्वीस बैंकमा छ भन्नेहरूको हाल आएर उनीहरूको छ भनेको सुनिन्छ । सत्य के हो ? कि भन्नेलाई कारबाही गर्नुपर्यो कि विदेशीयको पैसा भित्राउनु पर्यो । गणतन्त्र राम्रो हो तर प्रयोगकर्ता गलत भए त्यसैले हिजो खाद्यान्नमा आत्मनिर्भर देश आज परजीवी बन्यो ? विदेशी ऋण बढ्यो र गरिब न १ मा परिसक्यो तर नेतृत्वको अर्थ तन्त्र बलियो ।
एकै नेता बारम्बार मन्त्री र प्रधानमन्त्री गलत अभ्यास । हिजोको शासक जहानियाँ, निरकुंश, र भ्रष्टाचारी तर आज झन ठूला भ्रष्टाचारका कुरा सुनिन्छ ।
किन ?
किन कि, मानिसमा लोभ र अंहकारले बास गरेको छ । हिजो राजाको पैसा स्वीस बैँकमा थियो भन्ने गरिन्थ्यो आज राजनैतिक दलका उच्चपदस्थ नेता वा मन्त्री वा प्रधानमन्त्री। यो गलत अभ्यास हो, हैन र ? आजको सैनिक मञ्चले दिएको झड्का यही रह्यो । फेरी पनि भन्न मन लाग्यो कहिले आउँला त्यो दिन सुन्नेलाई सुनको माला र भन्नेलाई फुलको मालाको पालना भएको दिन ! साँच्चै गणतन्त्रको महसुस गर्ने दिन ?
त्यही दिनको पर्खाइको आशा गर्दै नगर प्रमुखको सम्बोधन पछि सैनिक मन्जबाट बाहिर निस्कियो । समग्रमा कार्यक्रम भव्य र सभ्य नै थियो यद्यपि मेरो गणतन्त्र भित्रको सोच अनुसार नभएपनि चलनचल्ती अनुसार खोट लगाउने ठाउँ थिएन ।
अब बुझ्नुपर्ने कार्य राजनैतिक कर्मीको । राजनैतिक कर्मीले बुझ्नुपर्ने थियो । गौतम बुद्धले श्री पेच त्यागे देवता बने बलिराजाले सबै श्री सम्पति दान खरिदिए त्यसैले भन्ने गरिन्छ दीपावलीमा हामी त्यसै आएनौ बलिराजाले पठाए । त्यस्ता बृन्दापुरीका भगवान कृष्णका बालसखा जसलाई राजाले गलहत्याए उसैलाई श्रीपेच लगाइदिन खोजे तर पनि उनले लगाएनन् ।
उनी कृष्णलाई भेट्न द्वारीकामा भेट्न जाँदा भगवान कृष्णले विश्वकर्मालाई बोलाई द्वारीकाको दरवार जस्तै बनाइदिनको लागि आदेश लिएर सुदामाको कुटियामा पुग्दा उनकी श्रीमती वसुन्धराले विश्वकर्मालाई सबै छिमेकीको कुटियाहरू दरबारमा परिवर्तन गरे उनको पनि परिवर्तन गर्नको लागि सहमति दिने नत्र नदिने भनेपछि पुरा वृन्दापुरी नगरी नै दरबारै दरबारको शहर बनाएका थिए ।
आज राजनितिज्ञहरूमा सुदामा र वसुन्धराको सोच चाहिएको छ र त्यसको कार्यान्वयन पनि । मैले भन्नैपर्छ मैले बुझेको गणतन्त्र र सोचेको गणतन्त्र नेपालमा छँदैछैन ।
किन ?
किनकि नेपालको शिक्षामा विश्वास छैन, विश्वविद्यालय खाली हुने क्रममा छन्, युवा रोजगार र शिक्षाको लागि विदेशिएको छ, गाउँ वस्ति खालीहुँदैछन् । किनकि नेपालको सपना देखाउने शिक्षा भएन । शिक्षामा विदेशी विज्ञ ल्याइएको त्यसैले उनीहरूले आफ्नो लागि बिउ रोपे आज पाइरहेका छन तर हामी रित्तिरहेका छौ । अबको सुरुवात यहीँबाट गर्नुपर्छ । सही अर्थमा गणतन्त्र देखिन पाइयोस भन्दै सोच्दै सैनिक मञ्चबाट बाहिर साथिहरूको साथमा निस्कियो ।
शिक्षकको नाताले झिल्का फाल्नु थियो नेपाली समाजको लागि फालिदिएको छु । म नेपाली समाज सही अर्थमा चलायमान रहोस र सबै नेपालीको हैसियत समान होस । तर अहिलेको पद्धति , सोच, क्रियाकलाप र नेपालको सम्बिधानमा उल्लेख भएका धारा र उपधाराले यो सम्भव छैन । त्यसैले केही धारामा परिवर्तन र सोचमा परिवर्तनको आवश्यकता छ । अव सबैले नेपाललाई ढोग्न सक्नुपर्छ , सगरमाथालाई चुम्न सक्नुपर्छ , पशुपतिनाथमा विलीन हुन सक्नु पर्छ भने बुद्धको शान्तिलाई सर्वव्यापी बनाउने सुरमा लाग्नुपर्छ । सवैमा मेलमिलाप र सहिष्णुता भैदिए त पुगिहाल्छ नि । अनि सम्भव छ नेपालको समृद्धि भित्राउन ।
लेखक चन्द्र कान्त पण्डित पशुपति मित्र माध्यमिक विद्यालयका नि.प्रधानाध्यापक हुन् ।



