काठमाडौँ /२७ मंसिर – त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले ४९औँ दीक्षान्त समारोहमा दीक्षान्त पदक एवं पुरस्कार प्राप्त गर्ने विद्यार्थीहरूको नामावली प्रकाशित गरेको छ । पुस २ गते हुने ४९ औँ दीक्षान्त समारोहमा विश्वविद्यालयबाट विभिन्न तह एवं विषयका परीक्षाहरूमा सर्वप्रथम भई विभिन्न दीक्षान्त पदक एवं पुरस्कार प्राप्त गर्ने विद्यार्थीहरूको नामावली प्रकाशित हो ।
साथै उक्त नामावलीमा उल्लेख भएका विद्यार्थीहरू बाहेक अन्य कुनै विद्यार्थीले दीक्षान्त पदक एवं पुरस्कारहरू प्राप्त गर्नुपर्ने आधार भए मङ्सिर २९ गतेभित्र स–प्रमाण सहित परीक्षा नियन्त्रण कार्यालय बल्खुमा सम्पर्क राखी दाबी विरोध गरिसक्नुपर्ने विश्वविद्यालयले जनाएको छ ।



