काठमाडौँ /१२ मंसिर – शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह अध्यापन अननुमति पत्र (लाइसेन्स) परीक्षाको नतिजा प्रकाशित गरेको छ । कात्तिक १८ गते लिइएको परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।
सार्वजनिक गरिएको नतिजा आयोगको वेबसाइटसँगै एसएमएसबाट समेत हेर्न सकिने आयोगले जनाएको छ । निमावि तह लाइसेन्सका लागि देशभरबाट १ लाख ५१ हजार १२ परीक्षार्थीले परीक्षा दिएका थिए । जसमा १३ हजार ७ जनाले परीक्षा त्तीर्ण गरेका छन् ।

यहाँबाट हेर्नुहोस नतिजा :



