काठमाडौँ /७ मंसिर – काठमाडौँको बल्खुमा दुर्गा प्रसाईं नेतृत्वले आयोजना गरको प्रदर्शन र तीनकुनेमा नेकपा एमाले निकट राष्ट्रिय युवा संघले गरेको प्रदर्शनका कारण उपत्यकाका शैक्षिक संस्थाहरू प्रभावित भएका छन् । आज हुने प्रदर्शनका कारण सडक अवरुद्ध हुने र सुरक्षाका कारणले शैक्षिक संस्थाहरू बन्द भएका हुन् ।
प्रदर्शनले सवारी–साधन सञ्चालनमा डिस्टर्ब हुनसक्ने तथा तीनकुने बल्खु आसपासको सडकमा सवारी अवरुद्ध हुनसक्ने उपत्यका ट्राफिक प्रहरीले भनेपछि विद्यालय र कलेजहरूले विदा दिएका छन् ।
त्यसैगरी विद्यार्थीहरूलाई विद्यालयमा ल्याउन र लैजान असहज हुने र सार्वजनिक बस नपाईने हुँदा विद्यार्थीहरूको सुरक्षाका लागि बन्द गरेका छन् । साथै प्रदर्शनले सवारी–साधन सञ्चालनमा डिस्टर्ब नहुने र सहज हुने क्षेत्रका विद्यालयले भने सञ्चालन गरेका छन् ।



