भूकम्पबाट भत्किएका विद्यालय (फोटो फिचर)

जाजरकोट / २१ कार्तिक – जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका १ रामिडाँडालाई केन्द्रबिन्दु बनाई कार्तिक १७ गते राति ११ : ४७ मा गएको ६.४ रेक्टर स्केलको शक्तिशाली भूकम्पबाट २ सय १३ विद्यालयमा क्षति भएको पाइएको छ । जसमा ९१ विद्यालय पूर्ण रूपमा भत्किएका छन् भने १ सय २२ विद्यालयका भवनमा आंशिक क्षति भएको विवरण उपलब्ध भएको छ । यसबारे थप विस्तृत विवरण भने आउन बाँकी छ ।