कार्यक्रम कार्यान्वयनका लागि विद्यालयसँग प्रस्ताव माग

कास्की / १४ कार्तिक – गण्डकी प्रदेश सरकार सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले विभिन्न वार्षिक विकास कार्यक्रम कार्यान्वयनका लागि शैक्षिक संस्थाहरुसँग प्रस्ताव माग गरेको छ । चालू आर्थिक वर्ष २०८०/८१ मा स्वीकृत वार्षिक विकास कार्यक्रम कार्यान्वयनका लागि प्रस्ताव माग गरेको हो ।


सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय र मातहतका कार्यालयबाट सञ्चालन हुने शिक्षा, भाषा, संस्कृति र पुरातत्व संरक्षण सम्बन्धी स्वीकृत कार्यक्रम तथा बजेट कार्यान्वयन मापदण्ड, २०८० बमोजिम मापदण्डमा आवश्यक कागजातहरू सहित मंसिर ११ गतेभित्र सम्बन्धित जिल्लास्थित सामाजिक विकास कार्यालयहरूमा प्रस्ताव सहितको फाइल पेस गर्न सूचना प्रकाशित गरेको छ ।