क्याम्पियन जर्नल अफ मल्टिडिसिप्लिनरी रिसर्च एण्ड एकस्प्लोर सार्वजनिक

काठमाडौँ /२३ असोज – क्याम्पियन कलेजले पहिलो रिसर्च जर्नल ‘क्याम्पियन जर्नल अफ मल्टिडिसिप्लिनरी रिसर्च एण्ड एकस्प्लोर’ सार्वजनिक गरेको छ । रिसर्चको महत्व र यसले व्यक्तिहरूलाई आलोचनात्मक तरिकाले सोच्न सक्ने बनाउने भएकोले रिसर्च जर्नल प्रकाशन गरिएको कलेजले जानकारी दियो ।


क्याम्पियन कलेज रिसर्च कमिटीको नेतृत्वमा एक कार्यक्रमकाबिच जर्नल सार्वजनिक गरिएको हो । प्रिन्सिपल अनामिका श्रीवास्तवले कार्यक्रममा बोल्दै आजको समयमा रिसर्चको ठुलो महत्व रहेको र यसले फरक तरिकाले सोच्न सक्ने बनाउने भएकोले जर्नल प्रकाशन गरिएको बताईन । साथै सबैलाई धेरै भन्दा धेरै रिसर्चमा जोडिन आग्रह गरिन ।


त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका एसोसियट प्रोफेसर डा.अच्युत ज्ञावली र क्याम्पियन कलेज रिसर्च कमिटीका सल्लाहकार तथा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका एसोसियट प्रोफेसर डा. भरत सिंह थापाले आगामी दिनमा रिसर्चको क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको बताउँदै आफ्नो तर्फबाट सकेसम्म कलेजलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।


त्यसैगरी क्याम्पियन कलेजमा लामो समयदेखि अध्यापन गर्दै र रिसर्चको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका पदम डंगोलले आगामी दिनमा हुने कार्यक्रमका बारेमा जानकारी दिएका थिए । सिजी एजुकेशनका एकेडेमी डाइरेक्टर भूषण गुरुङले रिसर्च के हो र यसले कसरी मान्छेलाई आलोचनात्मक रूपमा सोच्ने बनाउँछ भन्ने बारे प्रस्ट पारेका थिए ।