काठमाडौं / १८ असोज – शिक्षक सेवा आयोगको नतिजा एसएमएस मार्फत हेर्न सकिने भएको छ । गत बैशाख ३१ मा प्रकाशित वि. नं. ३९/०७९/०८०, माध्यमिक तहको अध्यापन अनुमतिपत्रको भदौ २३ गते सञ्चालन भएको परीक्षामा सहभागी भएका परीक्षार्थीहरुको नतिजा एसएमएस माफएत हेर्न सकिने भएको हो । आयोगबाट नतिजा प्रकाशित भए पश्चात नतिजा हेर्न सकिने आयोगले जनाएको छ ।
नतिजा हेर्ने प्रक्रिया यस्तो छ :
मोबाइलको मेसेज वक्स मा गई TSCL space type 11 digit Roll No. and send to 31007, उदाहरणका लागि सुदूरपश्चिम प्रदेशको रोल नं. ३९७३०००९८२८ को नतिजा हेर्न TSCL 39730009828 send to 31007



