काठमाडौँ /८ असोज – नेपाल विद्यालय कर्मचारी परिषद्ले अरू संगठनमा भएका सदस्यहरूलाई स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ । नेपाल विद्यालय कर्मचारी परिषद्मा रहेर नेपाल सामुदायिक विद्यालय कर्मचारी संघ पनि रहेका सदस्यहरूलाई स्पष्टीकरण पेस गर्न निर्देशन दिएको हो ।
नेपाल विद्यालय कर्मचारी परिषद्ले सरकार समक्ष विद्यालय कर्मचारीहरूको सेवा, सर्त र सुविधाका विषयमा खबरदारी गर्दै आएको जानकारी दिँदै परिषद् र नेपाल सामुदायिक विद्यालय कर्मचारी संघमा रहेर साङ्गठनिक गतिविधि नगर्न निर्देशन दिएको छ ।
कर्मचारी परिषद्को विधानको परिच्छेद १२ दफा २६ अर्न्तगत क ग र घ विपरीत साङ्गठनिक गतिविधि भएकोले दुबै तिर नाम रहेका विद्यालय कर्मचारीहरूलाई २४ घण्टा भित्र स्पष्टीकरण पठाउनुन निर्देशन दिएको छ ।
साथै समयभित्र स्पष्टीकरण नपठाए नेपाल विद्यालय कर्मचारी परिषद्, राष्ट्रिय समितिको असोज ६ गतेको निर्णय अनुसार तथा संस्थाको विधान बमोजिम साधारण सदस्य समेत नरहने गरी कारबाही चेतावनी दिएको छ ।




