काठमाडौं/२२ भदौं-काठमाडौं विश्वविद्यालयले पेशागत वृत्ति विकास सम्बन्धी कार्यशालामा सहभागीलाई प्रमाणपत्र वितरण गरेको छ । गत असारदेखि भाद्रसम्म हरेक महिनाको पाँचदिन कार्यशालामा सहभागी हुनेलाई काठमाण्डांै विश्वविद्यालय स्कुल अफ एजुकेशनले प्रमाणपत्र वितरण गरेको हो ।
विश्वविद्यालयका सात संकाय मध्येबाट पाँच संकायका फ्याकल्टिहरुको सहभागाीतामा कार्यशाला सम्पन्न गरिएको विश्वविद्यालयले जनाएको छ । उच्च शिक्षाको अध्ययन र यसमा आइरहेका चुनौतिहरुलाई गर्नुपर्ने समाधानको विषयमा केन्द्रित रहेर कार्यशालाको आयोजना गरिएकोे थियो ।
कार्यशालामा ३५ जना सहभागीहरुले गएका सत्रहरुमा गरेको छलफल र आ-आफ्नो क्षेत्रगत भ्रमणको आधारमा तयार पारिएको सोध प्रतिवेदनलाई कार्यक्रमको अन्त्यमा प्रस्तुत गरिएका थिए । जसको मुल्याङ्कन सिपिईसीका कार्यक्रम संयोजक डा. पार्वती ढुङ्गानाले गरेकी थिइन ।
प्रतिवेदन प्रस्तुतिपछि फ्याकल्टीहरुलाई ४५ घण्टाको कार्यशालामा सहभागी भई आफ्नो निरन्तर वृत्तिविकास अनि सिकाईमा जुटेका कारण आवश्यक प्रक्रिया पूरा गरी कार्यशालामा उपस्थिति हुनेलाई विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष द्धारा ३ क्रेडिटसहित प्रमाणपत्र दिई सम्मान गरेका थिए ।
कार्यक्रमको संयोजन प्रा.डा मनप्रससाद वाग्लेले गरेका थिए भने कार्यक्रममा विश्वविद्यालयका काउपकुलपति प्रा.डा. भोला थापा, विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. वेवराज अधिकारी र सोही आयोगका सचिव प्रा.डा. शंकर भण्डारी, सल्लाहकार प्रा.डा ह्दयरत्न बज्राचार्य तथा स्कुल अफ एजुकेशनका डिन प्रा.डा. बालचन्द्र लुईटेलको उपस्थिति रहेको थियो ।



