इन्जिनियरिङ अध्ययनको वृद्धि शुल्क फिर्ता भएपछि सबै आन्दोलनका कार्यक्रम फिर्ता

काठमाडौं/१८ भदौं-इन्जिनियरिङ अध्ययन संस्थानले हाल वृद्धि गरेको शुल्क फिर्ता लिने भएको छ । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ्ग अध्ययन संस्थानसँग सम्बद्ध विद्यार्थीहरूद्वारा शुल्क बृद्धिको सम्बन्धमा रहेको आन्दोलनरत पक्ष र त्रिभुवन विश्वविद्यालय सम्बद्ध पदाधिकारीहरू बीच शुल्क फिर्ता लिने भएको हो ।


साथै वृद्धि गरेको शुल्क फिर्ता लिन विश्वविद्यालय सहमत भएपछि अनेरास्ववियुले आन्दोलन फिर्ता लिएको छ । आन्दोलनरत अनेरास्ववियु र त्रिभुवन विश्वविद्यालयबीच चारबुँदे सहमति भएको छ ।


सहमति अनुसार इन्जिनियरिङ अध्ययन संस्थानले बृद्धि गरेको शुल्क फिर्ता लिने, इन्जिनियरिङ विषय अध्ययन गर्न सबै क्षेत्रको पहुँच विस्तार हुनेगरि कर्णाली र मधेश प्रदेशमा श्रोतसाधन सम्पन्न क्याम्पसहरू स्थापना गर्न प्रक्रिया अघि बढाइन इन्जिनियरिङ्ग अध्ययन संस्थानको बिद्यमान आर्थिक शंकटलाई समाधान गर्न इन्जिनियरिङ्ग अध्ययन संस्थान भित्र सर्बपक्षिय समिति बनाई बिभिन्न बिकल्पमा छलफल गरी समाधान गर्ने सहाति भएको छ ।


ईन्जिनियरिङ अध्ययन संस्थान कार्यान्वयन समितिको २०८० श्रावण २५ को निर्णय अनुसार ईन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गत आङ्गिक क्याम्पसहरुको शुल्क २ लाख ८० हजारबाट बढाएर ७ लाख ७५ हजार पु¥याइएको भन्दै अनेरास्ववियुले श्रृंखलाबद्ध आन्दोलन गर्दै आएको थियो ।