इन्टनसिपको शुल्क वृद्धि गरेको भन्दै क्याम्पस प्रमुखसहित शिक्षक कार्यकक्षमा थुनिए

विराटनगर/११ भदौं-महेन्द्र मोरङ क्याम्पसका क्याम्पस प्रमुख र चार जना शिक्षक कार्यकक्षमै थुनिएका छन् । विराटनगर स्थित महेन्द्र मोरङ क्याम्पसका क्याम्पस प्रमुख बावुराम तिम्सिनासहित चार जना शिक्षकलाई स्वतन्त्र विद्यार्थी युनियन (स्वीयू) र महेन्द्र मोरङका विद्यार्थीहरुले कार्यकक्षमा थुनिदिएका हुन ।


इन्टनसिप गरेको रिपोर्टको शुल्क कलेज प्रशासनले आफूखुसी बढाएको भन्दै विद्यार्थीहरूले कलेज प्रमुखसहित विभाग्य प्रमुख शिक्षकहरुलाई कार्यकक्षमा थुनेका छन् । क्याम्पस प्रशासनले आफुखुसी तीन हजार रुपैयाँ शुल्क वृद्धि गरेपछि शिक्षकहरुलाई कार्यकक्षमा थुनिदिएको स्ववियू सभापति जोसवन पौडेलले जानकारी दिए ।


विद्यार्थीहरूलाई जानकारी बिना क्याम्पस प्रशासनले आफुखसी शुल्क बृद्धि गरेको र निर्णाय सच्याउन भनेपनि नसच्यएपछि क्याम्पस प्रमुख सहित शिक्षकहरुलाई कार्यकक्षमा थुनिदिएको बताए ।


क्यम्पसले इन्टनसिप रिपोटको शुल्क १ हजार लिँदै आएकोमा केही दिन अगाडिदेखि क्याम्पसले तीन हजार रुपैयाँ शुल्क वृद्धि गरेको थियो ।