घटनामा आधारित सिकाइ

काठमाडौं/५ भदौं-शिक्षकहरुको पेसागत दक्षता अभिवृद्धिका लागि काठमाडौँ विश्वविद्यालय र गोदावरी आवासीय विद्यालयको सहकार्यमा घटनामा आधारित सिकाई कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थीहरूलाई कुनै घटनामा केन्द्रित गरेर त्यस घटनाको बारेमा जीवन्त अनुभव लिनु नै उक्त अध्ययन विधिको उद्धेश्य रहेकोले घटनामा आधारित सिकाई कार्यक्रम आयोजना गरिएको विश्वविद्यालयले जनाएको छ ।


प्रशिक्षकद्धारा घटनामा आधारित सिकाइ विधिका र संयन्त्रहरूका बारेमा जानकारी गराउनुका साथै सहभागी शिक्षकहरुलाई घटनामा आधारित संयन्त्रको ढाँचाअध्ययन गर्न लगाइ प्रशिक्षण शिक्षक र विद्यार्थी दुवैमा केन्द्रित गरिएको थियो ।


सम्बन्धित घटनाको बारेमा सूचना सङ्कलन गर्दा सूचनाका विभिन्न क्षेत्रहरुको बारेमा विद्यार्थीहरूलाई अनुसन्धान पूर्व नै जानकारी गर्न सकेको खण्डमा सिकाइ उपलन्धि थप प्रभावकारी हुने र संसारलाई हेर्ने दृिष्टकोण फरक फरक भएपनि यथार्थताको धरातलमा रहीकुनै घटनासंग विद्यार्थीलाई जोडेर भ्रम र कल्पनाभन्दा टाढा रही जीवन्त अनुभवहरुको खोजी गर्न यस विधिको महत्त्वपूर्ण भूमिका रहेको विज्ञहरुको भनाई थियो । सामान्यतयाः विद्यार्थीहरूले उनीहरूको बाहिरी संसारलाई जसरी अनुभव गरेका हुन्छन्,त्यसैको आधारमा उनीहरूले यस संसारलाई व्याख्या गरेका हुन्छन् ।


उपस्थित सहभागीहरुलाई एकीकृत तरिकाले घटनामा आधारित सिकाइको लागि समूहमा विभाजन गरी सामूहिक कार्य गराईएको थियो । शिक्षकहरूद्धारा निर्धारित ढाँचामा कार्ययोजना प्रस्तुत गर्नुका साथै प्रस्तुतीकरणले एकीकृत सिकाइको अवधारणालाई समावेश गरेको तथ्य पनि अविस्मरणीय रहेको सहभागिहरुको भनाई रहेको थियो ।


घटनामा आधारित सिकाइ अध्ययनको मुख्य उद्धेश्य अनुभवको सारलाई स्पष्ट, व्यवस्थित र सूक्ष्म रुपमा वर्णन गर्नु हो । यस विधि अन्तर्गत अनुसन्धान अवधि भर अपनाइने सम्पूर्ण प्रक्रियाको महत्त्वपूर्ण स्थान हुन्छ । प्रक्रियालाई जीवन्तता दिनु अथवा प्रक्रियालाई वास्तविक धरातलसंग जोडेरअध्ययन अनुसन्धान गर्नु नै यस विधिको मुख्य उद्धेश्य हो । विद्यार्थीहरुलाई विभिन्न समूह र उप समूहमा विभाजन गरेर घटनको सूक्ष्म अध्ययन गरिनु नै घटनामा आधारित सिकाइ विधि हो ।


उद्धेश्यअनुसार अध्ययन अनुसन्धान अगाडिबढाइ चरणबद्धरूपले अघिबढेको खण्डमा उपयुक्त मूल्याङ्कन हुन सक्ने तथ्यलाई घटनामाआधारित सिकाइले अङ्गीकार गरेको पाइन्छ । विद्यार्थीहरूलाई रूब्रिक्सको ढाँचा अनुसन्धान पूर्व नै जानकारी गराउन सके सिकाइमा थप उपलव्धि प्राप्त गर्न सकिने विज्ञहरुको भनाई थियो ।


घटनामा आधारित सिकाइ सम्बन्धी कार्यक्रम काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशनका उप प्राध्यापक डा. श्रीकृष्ण वाग्लेले सम्पन्न गरेका थिए ।